३० माघ २०८१ बुधबार
image/svg+xml
कला

‘दुःखी आत्मा’ ट्रेलर: दयाहाङ र आँचलको ‘हट केमेस्ट्री’

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ।

यसअघि सार्वजनिक भएको टिजर, गीतसंगीत र ‘ब्रेकअप’ कविता दर्शकमाझ चर्चित बनेका थिए। हालै रिलिज भएको ट्रेलरले पनि दर्शकको ध्यान खिच्ने देखिन्छ। फिल्म प्रदर्शन हुन दश दिन मात्र बाँकी छँदा ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा दयाहाङ र आँचलको रोमान्स, द्वन्द्व, हास्य र गहिरा संवाद प्रस्तुत छन्। फिल्ममा दयाहाङले अघिल्ला फिल्महरू भन्दा भिन्न रूपमा रोमान्टिक तर पीडित पात्रको भूमिका निर्वाह गरेका छन्।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्। आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

‘दुःखी आत्मा’ फागुन २ गते, अर्थात् प्रेम दिवसको अवसर पारेर रिलिज हुन लागेको हो। फिल्म क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: २१ माघ २०८१ २०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App