२९ असार २०७७ सोमबार
कला

प्रशंसा खाेज्छन् बालबालिका

बालबालिकाले माया प्रेम र स्नेह खोज्नु स्वभाविक हो । तर, हालसालै गरिएको एउटा अध्ययनले के कुरा देखाएको छ भने बालबालिकाहरू प्रशंसाका भोका हुन्छन् । बेलायती मनोवैज्ञानिक समाजले हालसालै आयोजना गरेको एउटा सेमिनारमा यस्तै कुरामा बहस भएको छ।

उक्त सेमिनारमा प्रस्तुत भएको एक सोधले जुन परिवारले आफ्नो बालबालिकालाई माया गर्छन्, ती परिवारका बालबालिकाहरू कम चंचल र ध्यानमग्न देखिने बताएको थियो।
कतै पनि प्रकाशित नभएको उक्त प्रतिवेदन तयार गर्न सोधकर्ताहरूले ३८ अभिवावक चुनेका थिए, जसमा दुईदेखि चार वर्षका बच्चाहरू अध्ययनका केन्द्र थिए । ति अभिवावकका बच्चाहरूलाई प्रशंसा गर्न लगाइयो र दिनभरमा उनीहरूको व्यहवहारमाथि ध्यान दिन लगाइयो । कति केसहरूमा त कसरी प्रशंसा र तारिफ गर्ने भनेर पनि सिकाइयो।

चार हप्ताको यो प्रयोगपछि अभिवावकहरू जसले बच्चाबच्चीको प्रशंसा गरे उनीहरूले बच्चाहरू कम चंचल, भनेको मान्ने, ध्यान दिने, नझर्कने आदि देखिएको अनुभव गरेका थिए । बाँकी अभिवावक जसले बच्चाहरूको ध्यान दिएनन् ति बच्चाहरूमा खासै केही परिवर्तन देखिएन ।
डि मनफर्ट विश्वविद्यालयका लेक्चरर स्यु वेस्टवुडका अनुसार बालबालिकालाई प्रशंसा र तारिफ गर्नु भनेको हेरचाहको ‘सस्तो सरल उपाय’ हो।

निरन्तर यसो गरेमा बालबालिकामा उलेख्खनीय परिवर्तन आउने, उनीहरू खुसी हुने र उनीहरूको मनोविज्ञानमा सकारात्मक परिवर्तन आउने उनले बताइन् । ‘बालबालिकाले गर्ने सानाभन्दा साना क्रियाकलापलाई महत्व दिने, उक्त कामको प्रशंसा गर्ने, हौसला दिनाले उनीहरू हौसिने गर्छन् र बढि सिर्जनशील हुन्छन्,’ उनले थपिन् ।

यो सोध डि मनफर्ट विश्वविद्यालयको ‘फाइव प्रेजेज क्यामपेन’अन्तर्गत गरिएको थियो । जसको उद्देश्य अभिवावक र बालबालिकाबीच सुमधुर सम्बन्ध स्थापित गर्ने, बालबालिकाहरूमा रहेको सिर्जनशीलतालाई उजागर गर्ने र दुई पुस्ताबीचको अन्तर घटाउने हो।

‘कसैको तारिफभन्दा आलोचना गर्न सजिलो हुन्छ । राम्रो बानी व्यवहारभन्दा नराम्रो बानी व्यवहार बढी ध्यानमा आउँछ ।  बालबालिकाहरूले हल्ला र भगडा गरेको याद हुन्छ । तर, उनीहरु शान्त तरिकाले बसेर पढेको याद हुँदैन,’ सोधकर्ता भन्छिन् । सानाभन्दा साना क्रियाकलापमा ध्यान दिँदा र हौस्याउँदा उनीहरू उत्साहित हुन्छन् । र, शालीन व्यवहार देखाइरहन मन गर्छन्।

सोधकर्ता क्यारोल सटन जो ‘फाइव प्रेजेज क्यामपेन’ को सह–संस्थापक पनि हुन् । उनका अनुसार ‘हरेक अभिवावकले आफ्नो बच्चाबच्चीको शालिनता अनुभव गर्ने अवसर पाउनु पर्छ । र ,उनीहरूका दैनिक क्रियाकलाप पहिचान र स्विकारोक्ती गर्नु पर्छ।

दाँत माँझ्ने, साइकल चलाउने, चित्र कोर्ने, पाल्तु जनावर खेलाउनेजस्ता क्रियाकलापमा अभिवावकको साथ र हौसला जरुरी हुन्छ । तर, अभिवावकहरूले सीमाको पनि ख्याल राख्नु पर्छ । चाहिनेभन्दा बढी प्रशंसा र तारिफले बच्चाहरू प्रफुल्लित हुन सक्छन्।‘फाइभ प्रेजज अ डे’ गणितिय हिसाबले उपयुक्त या पर्याप्त होला नहोला । तर, यो असरदार हुने सोधकर्ताले क्यारोल बताउँछिन् । ‘यसले ‘फाइभ फ्रुट्स एन भेजिटेवल’ को चलनलाई पनि प्रतिध्वनि दिन्छ।

आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न सक्नुहुनेछ’, क्यारोल भन्छिन् । ‘अभिवावक मात्र हैन बालबालिकासँग प्रत्यक्ष रूपमा संलग्न हुने हजुरबुबा हजुरआमा, स्कुलका गुरुहरू र बाँकी सबैले यो तरिका अपनाउनु पर्ने उनी बताउँछिन् । ‘बच्चालाई चिल्लो पातसँग दाँजिन्छ,’ उनी भन्छिन्, ‘तर, पात चिल्लो हुनुमा उसको हुर्काइ, उसले पाउने प्रेरणा र हौसला उत्तिकै महत्वपूर्ण हुन्छन् ।’
एजेन्सीको सहयोगमा

प्रकाशित: १ वैशाख २०७५ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App