८ वैशाख २०८१ शनिबार
कला

‘सुखसूत्र’ पुस्तक सार्वजनिक

काठमाडौं– आचार्य राजन शर्मा (भीसेन सापकोटा)को ‘सुखसूत्र’ पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक समारोहकाबीच साहित्यकार युवाराज नयाँघरे, डा.चिन्तामणि योगी, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र रक्षा नेपालका बालिकाहरुको संयुक्त उपस्थितिमा पुस्तकको लाकोपार्ण भएको हो।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार युवराज नयाँघरले पुस्तकमा जीवनभित्रको अँध्यारो पक्षलाई छोडेर उज्यालो पक्षको मात्र चर्चा गरिएको बताए । ‘भोजन, सोेंच र चिन्ताको व्यवहारबाट आजको समाज ग्रसित छ भन्ने बिषयलाई सुन्दर ढंगले व्यक्त गरिएको छ,’ साहित्यकार नयाँघरले भने । उनले पुस्तकमा सरल र नरम ढंगले मानिसलाई सुखी र सरल बन्ने कला सिकाएको बताउँदै पुस्तकले भिन्नै सूत्रमार्फत मानिसलाई सकारात्मक र सुुखी हुने कला दिन सफल भएको बताए।

अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले पुस्तकका स्रष्टा आफैंले व्यवहारिक रुपमा सकारात्मक सन्देश छर्दै हिँडिरहेको हुनाले पुस्तक सकरात्मक सोच दिन सफल हुने बताए । ‘सुखसूत्र जीवन बाँच्न सिकाउने पुस्तक हो, त्यो सफल हुने देखेको छु,’ उनले भने।

सोही क्रममा डा. चिन्तामणि योगीले स्रष्टा सापकोटाको सुखसूत्रले सुःख छ, सुःखको कारण छ, सुख पाउन सकिन्छ भन्ने उपाय सिकाउन सफल हुने बताए । ‘सुख पाउन सबभन्दा पहिला उनीलार्इ  चिन्न पुस्तकले सिकाएको छ,’ उनले भने । योगीले पुस्तकले साना–साना कुरालाई लिएर सुख हुने कला सिकाएको बताए।

विगत १२ वर्षदेखि अस्टेलियामा रहँदै आएका स्रष्टा विभिन्न १४ देशका २७ वटा सहरमा जीवन परिवर्तनका लागि उत्पे्ररणात्मक कार्यक्रम संचालन गरिसकेका छन् । श्रष्टा विश्व शान्ति परिषदका शान्तिदूत,उनी अन्तराष्ट्रिय साहित्य समाजका उपाध्यक्ष,फिजी नेपाल सांस्कृतिक संघका राजदुत,अष्टेलिया स्थित भिक्टोरियन विश्वबिद्यालय तथा अष्टे«लियन आइडियल कलेजमा प्राध्यपन गर्छन् ।  
 

प्रकाशित: २६ चैत्र २०७४ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App