१५ चैत्र २०८० बिहीबार
कला

रामचन्द्रको ‘हाँडीघोप्टे’ सार्वजनिक

काठमाडौं– साहित्यकार रामचन्द्र दाहालद्वारा लिखितसंस्मरण ‘हाँडीघोप्टे’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । पुस्तकको शनिबार रमेश खकुरेल भुवनहरि सिग्देल, प्रा.डा. माधव पोखरेल, मित्रलाल पंगेनी र पुष्पराज पौडेले बिमोचन गरे।

कवि रमेश खकुरेलले यो ‘हाँडीघोप्टे’लाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्भूत पात्र भएको बताउँदै  पुस्तक भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुने बताए ।पुस्तकका बारेमा समीक्षा गर्दै  निबन्धकार तथा भाषाशात्री प्रा.डा. माधवप्रसाद पोखरेलले पुस्तक कलमको मसिभन्दा बढि लेखकको आँसुले लेखिएको भन्दै पुस्तकका अंश घरपरिवारका माझमा बसेर पढ्दा म आफैँ भावविह्वल भएर पढ्न नसकेको बताए ।

त्यस्तै मित्रलाल पंगेनीले ‘हाँडीघोप्टे’ चरम दुख र जीवन संघर्षको सजीव चित्रण भएको बताए । ‘यसका अंशले जीवन वोध गर्ने पाठकलाई ठाउँ ठाउँमा रुवाउने छ र यति विस्मयकारी, कथामा पनि नभेटिने, उपन्यास र फिल्ममा पनि नदेखिने घटना परिघटनाहरू पढ्दा आङ् नै जिरिङ्ग हुन्छ,’ उनले भने।

समारोहमा लेखकका तर्फबाट मन्तव्य व्यक्त गर्दै रामचन्द्र दाहालले ‘हाँडीघोप्टे’ प्रस्तुत गर्न पाउँदा टंटलापुर घाममा भारिले थिचिएर हिडेको भरियाले देउरालीको सितलमा भारी बिसाउँदा झैं आनन्द प्राप्त भएको बताए ।  पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित: २६ चैत्र २०७४ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App