coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

अझै जेल जानसक्छन सलमान, यस्ता छन अफ्ठ्यारा

मुम्बई– कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्षको सजायसहित ३ दिन जेल बसेर धरौटीमा रिहा भएका अभिनेता सलमान खानमाथि अझै संकट कायमै छ। किनकी कृष्णसार शिकार मुद्दामा दोस्रोपटक सुनुवाईका लागि उनी ७ मेमा फेरि सेशन कोर्ट जानुपर्नेछ।

सेशन कोर्टमा सलमानका वकिलले आफ्नो तर्फबाट बहस गर्नेछन्। साथै तल्लो अदालतले सलमानलाई सुनाएको सजायका आधारहरु पनि हेरिनेछ। यदि सेशन कोर्टले ५ वर्षे कैद फैसला सदर गर्यो भने उनी तुरुन्त जेल जानुपर्नेछ।

सलमानलाई यो मात्र होइन अर्काे संकट पनि छ। उनलाई जमानत दिएपछि विश्रोई समाज असन्तुष्ट बनेको छ। यसविरुद्ध राजस्थान उच्च अदालतमा जाने तयारीमा यो समुदाय रहेको छ।

यदि यसो भयो भने उच्च अदालतले यो मुद्दासँग जोडिएका हरेक प्रमाणलाई दोस्रोपटक हेर्नेछ र दोषी ठहरिए सलमानले फेरि जेल जानुपर्नेछ। त्यस्तै, यदि उच्च अदालतले जमानत कायमै राख्ने अपिल खारेज गरिदियो भने सलमान जेलबाट बाहिर आउने सम्भावना न्यून हुनेछ। यो कुराको फैसला अबको एक महिनापछि हुनेछ।

सलमानलाई तनाव

धरौटीमा रिहा भएका सलमान अहिले पूर्ण रुपमा स्वतन्त्र छैनन्। उनले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निरन्तर अदालत धाउनुपर्नेछ भने देशबाहिर जान अदालतको अनुमति लिनुपर्नेछ। ३ दिन जेल बस्दा करोडौं गुमाएका सलमानको फिल्म ‘रेस ३’को शुटिंग पनि सकिएको छैन्। दुई महिनापछि ईदमा प्रदर्शन हुने भनिएको फिल्मको शुटिंग नसकिँदा सहनिर्माता समेत रहेका सलमान तनावमा छन्।

निरन्तर अदालत धाउनुपर्दा शुटिंग सक्काउन नसकिने र प्रमोशनमा पनि सहभागी हुन नसकिने भएपनि उनी तनावमा परेका हुन्। निर्देशक रमेश तौरानीका अनुसार फिल्मको एक गीत र केही सीन अझै शुट गर्न बाँकी छ।

सलमानसँग कैयौ ठूला प्रोजेक्टहरु छन्। ‘रेस ३’को शुटिंग सकिएलगत्तै भारत, किक २ र दबंग ३ शुटिंग गर्नुपर्ने उनको सेड्युल छ। देशभित्र उनले शुटिंग त गर्नसक्छन् तर विदेश जानका लागि अदालतबाट अनुमति लिनुपर्ने बाध्यता उनीसँग छ।

प्रकाशित: २५ चैत्र २०७४ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App