१६ चैत्र २०८० शुक्रबार
कला

गुल्मीमा दोहोरी प्रतियोगिता

गुल्मी – यहाँ आयोजना भइरहेको ‘तेस्रो गुल्मी महोत्सव’मा स्थानीय तह स्तरीय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको चौथो दिन सोमबारवाट ‘रम्बा दोहोरी गीत प्रतियोगिता’ सुरु भएको हो।

प्रतियोगितामा जिल्लाका २ नगरपालिका र १० गाउँपालिकाहरूले सहभागिता जनाएको महोत्सवको सांस्कृतिक उपसमिति सयोजक अनुपकुमार श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो।

२ स्थानीय तहबीच भएको दोहोरीमा धुर्कोटभन्दा मुसिकोट नगरपालिकाका पुरुष र महिलाले १० अंक बढी प्राप्त गरेको निर्णायक मण्डलका संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नम्बर ५ का संयोजक लक्ष्मण खड्काले बताए ।प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार नगदसहित पुरस्कार पाउनेछ । प्रतियोगितालाई पोखरा नुडल्स प्रालिको उत्पादन रम्बा तयारी चाउचाउले प्रायोजन गरेको छ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म सञ्चालन भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका विभिन्न विधाका ५ दर्जनभन्दा बढी कलाकारहरूको समेत प्रस्तुति हुनेछ ।
त्यस्तै महोत्सवमा आइतबारदेखि हेलिकप्टरबाट गुल्मीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन सुरु गरिएको छ । महोत्सव २५ गतेसम्म चल्नेछ । तेस्रो महोत्सवको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए।

प्रकाशित: २० चैत्र २०७४ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App