४ वैशाख २०८१ मंगलबार
कला

म किन राजनीतिमा आए ?

मुम्बई – सुपरस्टार रजनीकान्तले जनताको सुरक्षा र सेवा गर्ने लक्ष्यका साथ आफू राजनीतिमा आएको बताएका छन्।

चेन्नईमा एक समारोहमा बोल्दै उनले जनताको सुरक्षा र सेवा आफ्नो कर्तव्य भएको बताए। राजनीतिको यात्रा कठिन रहेको भन्दै तमिलनाडुका जनताको लागि आफू आउन बाध्य भएको उनको भनाई छ।

मानिसहरुले तपाई अब किन राजनीतिमा भन्ने प्रश्न गरिरहेको भन्दै रजनीकान्तले भने– ‘म यसकारण आएको हुँ अब ठाउँ खाली भएको छ। तमिलनाडुमा राम्रो नेतृत्व र राम्रो सरकारको ठाउँ खाली छ। यो भन्दा पहिला जयललिता र करुणानिधि थिए। तर अब जयललिता हुनुहुन्न र करुणानिधि विरामी हुनुहुन्छ, तमिलको राजनीतिको अब म सम्हाल्नेछु। भगवान र जनता मेरो साथमा छन्।’

प्रकाशित: २२ फाल्गुन २०७४ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App