७ वैशाख २०८१ शुक्रबार
कला

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

काठमाडौं - अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता गीत गाउन निकै रुचाउँछन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ। 

भिडियोमा उनले नायिका प्रियंका कार्कीसँग रोमान्स गरेका छन् । विक्रान्त र नारायण खनालको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ। अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ।

सुगम संगीतसँगै पाश्र्व गायनमा पनि व्यस्त यी गायक आफुलाई नेपालकै पहिलो पाश्र्व गायक डाक्टरका रुपमा चिनाउँछन् । ‘मैले छोटो समयमा नै विभिन्न फिल्मका लागि २० वटा भन्दा बढी गीत गाईसकेको छु,’उनले भने । विक्रान्तले ‘चिनारी’, ‘किन रुन्छ यो मन’, ‘अस्मिता’, ‘टिनेज’ लगायतका फिल्मका गीतमा स्वर दिइसकेका छन् ।

विक्रान्तले अञ्जु पन्त, रजिना रिमाल र जुना प्रसाई जस्ता चर्चित गायिकासँग पनि ड्युट स्वर दिएका छन् । उनको स्वरमा रहेको आधुनिक गीतका भिडियोलाई पनि दर्शकले राम्रो रुचाएका छन् । उनले गुरुङ फिल्म ‘तले क्रोम चु सै’ को ‘पहिलो प्रहर’ गीतमा जुना प्रसाईसँग स्वर दिएका छन् । गीतमा राम पोखरेलको शब्द र विकास चौधरीको संगीत छ ।

 

प्रकाशित: १६ फाल्गुन २०७४ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App