१६ चैत्र २०८० शुक्रबार
कला

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

पाँचथर – लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत पुस्तक प्रकाशन गरेको हो। किरात लिपिमा लेखिएका लिम्बु भाषाका ती पुस्तकको बुधबार अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमोचन गरिएको छ।

प्रतिष्ठानले महाकाव्य, उपन्यास, नाटक, कथा, समिक्षा तथा समालोचनाका पुस्तक प्रकाशन गरेको जनाएको छ। लेखकहरुले प्रतिष्ठानलाई पुस्तक लेखेर दिएपछि विशेषज्ञहरुले विधागत तथा सैद्धान्तिक बनाउन सुझाव दिएका थिए। प्रतिष्ठानले सोही सुझाव अनुरुप पुस्तक प्रकाशन गरेको हो।

विधागत रुपमा ३० वटा सिद्धान्तपरक कृति प्रकाशन गर्ने लक्ष प्रतिष्ठानले लिएको छ। बुद्धजहाङ नेम्बाङको महाकाव्य मुकुम्मुङ, साम्जीरी सेर्माको खण्ड काव्य तङमेरे केप्तुवा लिम्बुवान खण्डकाव्य, मलिसा याक्थुम्बाको फुङनेप्फाङ वेवे सेम्भावङ उपन्यास र उनकै याक्थुङ थिक खाम्मीना सुम ओगाम्पाल इया  विमोचन भएको हो। यस्तै सागर केरुङको नाटक संग्रह साईमुन्द्री, ललितचन्द्र फियाकको  यात्रा संस्मरण निङवासुम्बा लाम्दिक्वालाह, स्व. थाम्सुहाङ पुष्प सुब्बाको नाम्दुक्वामा फुङ, लछामि सेर्मा पापाको समालोचना यावोकर, यलम्बर मिक्वाको उपन्यास मिम्रेन मेल्लुङ र प्रष्ठिानको समिक्षा, समालोचना संग्रह साङदाङवा बिमोचन भएको हो। देश विदेशमा रहेका नेपालीहरुले प्रकाशनमा सहयोग पु¥याएको प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगुले बताए।

लिम्बु साहित्य तथा मातृभाषाको संरक्षण तथा विकासका लागि दुई कार्यपत्र प्रस्तुत भएका थिए। राजेन्द्र जवेगू पुष्कर कडेँल र हश्चिन्द्र लावतीले कार्यपत्र प्रस्तत गरेका थिए। कार्यक्रममा श्रीहाङमा साहित्यिक पुरकारबाट ताप्लेजुङका रणबहादुर मेन्याङ्बो र  सिक्खिमकी दिलमाया पराङगेन तथा नाल्बो याक्थुङ पत्रकारिता पुरस्कारबाट तिलविक्रम चेम्जोङ पुरस्कृत भएका छन्।

 

 

प्रकाशित: ९ फाल्गुन २०७४ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App