७ वैशाख २०८१ शुक्रबार
कला

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

मुम्बई – बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो। 

यतिमात्रै होइन सेन्सर बोर्डमा पदाधिकारीले फिल्म नै हेरेनन्। फिल्म नहेरी प्रदर्शनमा प्रतिबन्ध लगाएपछि पाकिस्तानमा महिलाहरुले विरोध जनाएका छन्।

महिनावारी धर्म र सेनेटरी प्याड प्रयोगका विषयमा बनेको फिल्ममा अक्षयकुमार, राधिका आप्टे र सोनाम कपुरको प्रमुख अभिनय रहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७४ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App