८ वैशाख २०८१ शनिबार
कला

‘महारानी’ बन्ने करीनाको धोको

मुम्बई – शैफअली खानसँग विहे गरेपछि खासै चर्चामा नरहेकी अभिनेत्री करीना कपुरले ठूलो पर्दामा महारानीको भुमिका गर्न चाहेको बताएकी छन्।

हालै सम्पन्न एक फेसन वीकमा -याम्प वाक गर्दै उनले यस्तो बताएकी हुन्। फेसन वीकमा उनका पति शैफअली खान शो स्टपरको रुपमा -याम्पमा हिँडेका थिए। सोही कार्यक्रमको दौरानमा उनले आफू ऐतिहासिक महारानीको भुमिकामा पर्दामा आउन चाहेको खुलाएकी हुन्। 

भारतीय मिडियाहरुले जनाएअनुसार करीना जयपुरकी महारानी गायत्री देवीको भुमिका गर्न चाहन्छिन्, जसलाई कसैले पनि पर्दामा उतारेका छैनन्।  

जयपुरकी महारानी गायत्री देवीको जिन्दगी साँच्चै नै रोमान्चक रहेको थियो। बेलायतमा जन्मेकी गात्रीदेवीले जयपुरकी तेस्रो महारानीको रुपमा सन् १९४० देखि १०४९ सम्म लगातार ९ वर्ष शासन चलाएकी थिइन्। सन् २००९ मा मृत्युवरण गरेकी गायत्रीदेवीलाई कुशल राजनीतिज्ञ भनेर पनि चिनिन्छ। 

बलिउडमा आजकाल धेरै बायोपिक भन्ने गरेपनि करीनाले आजसम्म कुनैपनि बायोपिकमा काम गरेकी छैनन्। यदि उनले यो फिल्ममा काम गरेको खण्डमा उनको यो नै पहिलो बायोपिक फिल्म हुनेछ। 

सञ्जय दत्तको बायोपिकमा करीनाले भाइ मानेका रणवीर कपुरले अभिनय गरेका छन्। यस्तै कंगना रनौत ‘मर्णिकर्णिका’मा महारानीको भुमिकामा देखिंदै छिन्। श्रद्धा कपुर ‘सानिया नेहवाल’को भूमिकामा देखिदै छिन्। 

प्रकाशित: २४ माघ २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App