७ वैशाख २०८१ शुक्रबार
कला

प्रकाशको ‘निलोफर’ सार्वजनिक

काठमाडौं – उपन्यासकार प्रकाश तिवारीको दोस्रो उपन्यास ‘निलोफर’ पाठकमाझ आएको छ । कथाकार माया ठकुरीले गत सोमबार राजधानीमा उपन्यास सार्वजनिक गर्दै उपन्यासले नेपाली ग्रामीण जनजीवन र लोक संस्कृतिको राम्रो चित्रण गरेकोले कृति रोचक रहेको बताइन् ।

प्राज्ञ तथा आख्यानकार ज्ञानु पान्डेले उपन्यासले नेपाली जनजीवनको दायरालाई समेट्दै बाल मनोविज्ञान, वैदेशिक रोजगारीको पीडा एवम् लेखक पुरुष भएर पनि नारी संवेदनशीलताको राम्रो रुपमा चित्रण गरेको बताए । ‘नामजस्तै उपन्यास पनि निकै कौतुहलपूर्ण छ । पुस्तकले नेपाली ग्रामीण समाज र समसामयिक सहरी जीवनको चित्रण गरेको छ,’ पुस्तकमाथि टिप्पणी गर्दै उनले भनिन् ।अर्का टिप्पणीकार डा. तारालाल श्रेष्ठले नेपाली समाजमा धर्मका नाममा बढिरहेको व्यापारीकरणको मुकुण्डो खोल्ने प्रयास गर्नु उपन्यासकोे राम्रो पक्ष रहेको बताए ।

उनले उपन्यासकी प्रमुख पात्र जुनेलीले कृष्ण र रामनाथले गरेको अत्याचार सहन नसकी समुद्रजस्तै आँधीको रूप लिएको विषयलाई पक्रेर उपन्यासकारले प्रतिकात्मक रूपमा उपन्यासको नाम जुराउनु चित्तबुझ्दो भएकोे दाबी गरे ।कार्यक्रममा लेखक प्रकाश तिवारी, आख्यानकार वेञ्जु शर्मा, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपन्यास समाजका अध्यक्ष शंकर भारती र चिति समाजका अध्यक्ष गोविन्दबाबु तिवारीले पुस्तकमाथि आफ्नो विचार राखेका थिए ।
 

प्रकाशित: २४ माघ २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App