coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फरक धारका निर्माता

काठमाडौं – सर्ट फिल्ममा लगानी नेपाली निर्माताका लागि बालुवा पानी हाले जस्तै हो । न विदेशमा जस्तो यो डिजिटल प्लेटफर्ममा बिक्रि हुन्छ न हलमा चलेर पैसा आउँछ । तर, शक्तिबल्दव घोरासैनी त्यस्ता खास निर्मातामा पर्छन् जसले लघु फिल्म बनाएरै आफूलाई निर्माताको रुपमा स्थापित गरेका छन् ।

निर्माताको रुपमा पाँचवटा फिल्म आफ्नो नाममा लेखाएका शक्तिले तीनवटा लघु फिल्म बनाएका छन् । जसमध्ये ‘बोक्सी’ले जसोतसो लगानी उठाए पनि ‘मिरर’ र ‘ओ माई म्यान’को लगानी उठ्ने प्रतिक्षामा छन् । त्यसका बावजुद घोरासैनीलाई किन लघु फिल्ममा नै ज्यादा रुचि छ ?

‘कथा नै हो,’ घोरासैनीले भने, ‘ कतिपय कथा यस्ता हुन्छन् जुन तपाईं फिचर फिल्ममा भन्न सक्नु हुन्न । केही कथा पर्दामा भनिनु पर्छ भन्ने लागेर नै लगानी गरेको हुँ । यसमा मैले नाफा घाटाको हिसाब गरेको छैन ।’ घोरासैनीले ‘बोक्सी’मा करिब २३ लाख खर्च गरेका छन् भने ‘मिरर’मा ५ लाख । अघिल्लो साल मात्र निर्माण भएको ‘ओ माई म्यान’मा भने उनले ९ लाख खर्च गरेका थिए ।  

बाह्र वर्ष अघिको कुुरा हो, रोजगारीको अवसर खोज्दै मातृभूमि छाडेका युुवा पुुस्तालाई लक्षित गरि भिडियो म्यागाजिन बनाउने जोश चल्यो – फिल्म निर्माता शक्ति बल्दव घोरासैनीलाई त्यतिबेला ।  । जुुन सोचेजस्तो भएन । त्यसपछि नयाँ ढङ्ग र थप जाँगर लिएर फिल्मी क्षेत्रमै जम्ने सोचाइ बनाए । मजाले चलिरहेको आफ्नो व्यापार पनि छाडिदिए ।

भिडियो म्यागाजिन फ्लप भएर के भो ? उनले हिम्मत हारेनन् । त्यसपछि ‘बोक्सी’ फिल्म लिएर बजारमा आए । यसमा उनी कलाकार र निर्माताको दोहोरो भूूमिकामा छन् । अतिरिक्त संवाद अविनाश श्रेष्ठको छ । बालकृष्ण समको नाटकमा आधारित ‘बोक्सी’ सामाजिक विषयवस्तुुमा आधारित छ । फिल्म त्यसताका निकै हिट भयो ।

थुुपै् अवार्डहरुमा सहभागी भएर बिभिन्न बिधामा अवार्ड जित्न र चर्चा बटुुल्न सफल भयो । यसपछि उनको ‘द मिरर’ लघु चलचित्र बिभिन्न अवार्डमा सहभागी भएर सार्वजनिक पनि भयो । यो नेपाली ग्रामिण महिलाको दिनचर्यामा आधारित छ । झिसमिसेमै उठेर दिनभरको घरधन्दा र बाहिरी कामको बोझले लखतरान भएर सुुतेपछि इच्छा विपरित यौन क्रियामा भाग लिनुुपर्ने महिलाको बाध्यता सम्मलाई यसमा देखाइएको छ । जम्मा सात मिनेटको भएपनि यसलाई पनि धेरैले मन पराइदिए । ‘बोक्सी’ र ‘द मिरर’ चलचित्रलाई नेपाल चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषण गरी देशको प्रतिनिधित्व गराउँदै विभिन्न फेस्टिभलहरुमा सहभागी गराएको थियो ।

वि. सं २०६९ सालमा आएको फिल्म ‘किन लाग्छ माया’ले धेरै दर्शकको मन जित्यो । हाल उनी फिल्म ‘लम्फू’ को अन्तिम काममा व्यस्त छन् । ‘यो एउटा युुवाको सपनाको कथा हो’, उनले भने, ‘मान्छेलाई कसरी समयले नायक र खलनायक बनाउँछ, यो त्यस विषयमा आधारित छ ।’ फिल्मले आम युुवाको मन जित्ने कुुरामा उनी ढुुक्क छन् । फिल्म वैशाख २८ गते रिलिज हुँदैछ ।  सफल निर्माताको अलावा घोरासैनीले ‘बोक्सी’ ‘जनता जिन्दाबाद’ ‘हिफाजत’ र ’टिभिसी’  मा अभिनय कौसल देखाइसकेका छन् । ‘लम्फू’को प्रदर्शनपश्चात भने घोरासैनीले ‘सिल्ली’ शीर्षकमा फिल्म बनाउने तयारी गरिरहेका छन् ।‘लम्फू’ झैं यसले पनि सामाजिक तथा राजनीतिक चक्रब्युहमा फसेको चरित्रलाई प्रस्तुत गर्नेछ । यसको लेखन कार्य चलिरहेको छ,’ घोरासैनीले भने ।

 

प्रकाशित: १९ माघ २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App