१५ चैत्र २०८० बिहीबार
कला

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ।

विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३ न्यायाधीशको इजलासले फिल्मको प्रदर्शनमा रोक लगाउनु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने भन्दै देशभर प्रदर्शन गर्न पाउने आदेश गरेको हो।   

नाम परिवर्तन (पद्मावत) र दृश्यमा संशोधन गरेर सेन्सर बोर्डले अनुमति दिइसकेपछि पनि ‘पद्मावती’लाई हरियाणा, राजसंस्थान, गुजरात र मध्यप्रदेशको राज्य सरकारले प्रदर्शनमा रोक लगाउने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध फिल्मका निर्देशक भन्साली अदालत गएका थिए। अदालतले उनको निवेदनमा सुनुवाई गर्दै देशभर प्रदर्शन गर्न पाउने बाटो खोलिदिएको हो।

इतिहास तोडमोड गरेको भन्दै राजपूत करणी सेनाले विरोध गरेपछि फिल्म ट्रेलर रिलिज भएदेखि विवादमा छ। विरोधकै कारण चार राज्यमा फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय भएको थियो।

दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुर अभिनित फिल्म जनवरी २५ मा रिलिज हुँदैछ।

प्रकाशित: ४ माघ २०७४ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App