मुम्बई – सञ्जयलिला भन्सालीको विवादास्पद फिल्म ‘पद्मावती’ले प्रदर्शन मिति तोकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘पद्मावत’ नामबाट फिल्म २५ जनवरीमा प्रदर्शनमा आउने भएको हो।
जनवरी २५ मै अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ पनि प्रदर्शन हुँदैछ।
यु/ए सर्टिफिकेट पाएको फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य भुमिका रहेको छ।
डिसेम्बर १ मै प्रदर्शनमा आउनुपर्ने ‘पद्मावती’ विवादका कारण पछाडी धकेलिएको थियो।
इतिहासको अपमान गरेको भन्दै फिल्मको राजपुत करणी सेनाले विरोध गर्दै आएको छ।
सेन्सर बोर्डले केही दृश्य हटाएर प्रदर्शनको अनुमति दिएको थियो।
प्रकाशित: २४ पुस २०७४ ११:४५ सोमबार