७ वैशाख २०८१ शुक्रबार
कला

‘अमेरिका ब्वाइज’ इन्डक्ल्याप

काठमाडौं– झापा र काठमाडौंमा झण्डै ६० दिनको समय तालिकामा खिचिँदै फिल्म ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ ।  प्रवेश पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।
बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल कार्यकारी निर्माता छन् । आगामी वर्षको वैशाख १४ गते फिल्म रिलिजको तयारी भइरहँदा फिल्म युनिटले त्यो मितिबाट पछि सर्दै जेठ ४ मा नयाँ मिति जुराएको छ ।
फिल्ममा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेललगायतको अभिनय छ । यमूना खरेल र राज केसी सह–निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयान जे वाइवाको संगीत छ ।
 

प्रकाशित: २१ पुस २०७४ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App