६ वैशाख २०८१ बिहीबार
कला

पद्मावतीको नाम परिवर्तन गर्न सेन्सरको सुझाव

मुम्बई – सुटिंगदेखि नै विवादमा पर्दै आएको भारतीय फिल्म ‘पद्मावती’को नाम परिवर्तन गर्न सेन्सर बोर्डले सुझाव दिएको छ।

बोर्डले फिल्मको नाम ‘पद्मावत’ राख्न सुझाव दिँदै यु/ए सर्टिफिकेट दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको कथामा समेत व्यापक परिवर्तन गरिएको छ। बोर्डले फिल्मका २६ दृश्य हटाएको छ। फिल्मका आपत्तिजक दृश्य हटाउन विशेषज्ञहरुको टिम गठन गरिएको थियो।

१ डिसेम्बरमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘पद्मावती’ विवादमा कारण अझै अनिश्चित बनेको छ। सञ्जय लिला भन्सालीको ‘पद्मावती’मा दीपिका पादुकोण, शाहिद कपुर र रणवीर सिंहलगायतको अभिनय रहेको छ।

रानी पद्मावतीको कथामा आधारित फिल्मले इतिहास तोडमोड गरेको भन्दै राजपुत करणी सेनाले विरोध गर्दै आएको छ। प्रदर्शनमा आए थिएटर तोडफोड गर्ने चेतावनी दिएको छ।

प्रकाशित: १५ पुस २०७४ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App