coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सोनमले गर्ने भइन व्यापारीसँग विवाह

नयाँ दिल्ली – बलिउड अभिनेत्री सोनम कपुरले भारतीय व्यापारी आनन्द आहुजासँग विवाह गर्ने भएकी छिन्।

बलिउड अभिनेता अनिल कपुरकी सुपुत्री अभिनेत्री सोनम कपुरले सन् २०१८ मा व्यापारी आहुजासँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाह जोधपुरमा गरिने समेत तय गरिएको छ।

अभिनेत्री सोनम र आहुजा तीन वर्ष देखि प्रेममा थिए । अभिनेत्री सोनम एक मिडियामैत्री बलिउड कलाकारका रूपमा स्थापित छिन् । उनी बलिउड क्षेत्रकी एक फेसनमैत्री अभिनेत्रीका रूपमा प्रख्यात छिन्।

यद्यपि उनीहरू बीच गत वर्ष नै इन्गेजमेन्ट भइसकेको हल्ला चर्चामा छ । हाल लन्डनमा छुट्टी मनाउन गएका उक्त जोडीले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् ।

प्रकाशित: १२ पुस २०७४ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App