६ वैशाख २०८१ बिहीबार
कला

सलमान बलिउडका सबैभन्दा महँगा अभिनेता


नयाँ दिल्ली– अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् ।

बलिउड क्षेत्रका सन् २०१७ का महँगा कलाकारहरूबारे फोब्र्स म्यागजिनले गरेको एक अनुसन्धानमा अभिनेता सलमान खान परेका हुन् ।

उनले भारतीय रुपैयामा दुई सय ३२ करोड आर्जन गरेको फोब्र्स म्यागजिनको तथ्यांकले सार्वजनिक गरेको छ ।
सन् २०१७ मा सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको सूचीमा परेका छन् शाहरुख खान । उनले १ सय ७० करोड भारतीय रकम आर्जन गरी उक्त स्थान सुरक्षित बनाएका हुन् ।

सर्वाधिक कमाई गर्ने तेस्रो व्यक्तिको सूचीमा परेका छन् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली । उनी सय करोड भारतीय रुपैया आर्जन गर्न सफल भएका छन् ।

सलमान खानको टाइगर जिन्दा है हाल नेपाललगायत विश्वका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ ।  भारतीय सञ्चार माध्यमहरूका अनुसार उनको उक्त चलचित्रले पहिलो दिनमै ३३.७५ करोड  कलेक्सन गर्न सफल भएको छ ।

 

प्रकाशित: ९ पुस २०७४ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App