२१ असार २०७७ आइतबार
कला

‘रेम्बो’ अभिनेतालाई यौन उत्पीडनको आरोप

लसएञ्जल्स–हलिउडमा पछिल्लो समयमा अभिनेतामाथि दिनानुदिन यौन उत्पीडनको आरोप लाग्ने क्रम बढिरहेको छ । यही क्रममा हलिउड स्टार ‘रेम्बो’ अभिनेता सिलवेस्टर स्ट्यालनलाई पनि नाबालिकामाथि बलात्कारको आरोप लागेको छ । उनी माथि सन् १९९० मा एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा २७ वर्षपछि महिलाले प्रहरीमा कारबाहीको निवेदन दर्ता गराएकी छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अभिनेता स्ट्यालन नै आफूमाथि यौन उत्पीडनको मुद्दा लागेको खुलासा गरेका हुन् । उनले १९८७ मा इजरायलमा फिल्म सुटिङका समयमा एक महिलासँग तीन दिन बिताएको खुलाएका हुन् । ‘त्यो समयमा म एक्लो थिएँ । ममाथि आरोप लगाएकी महिला नाबालिका थिइनन् । यसकारण पनि उनीमाथि बलात्कार भन्ने सवाल बेकारको हो । मैले ती महिलालाई १९९० मा देखेको पनि छैन ।’ उनले भनेका छन् ।
गत महिना पनि स्ट्यालनमाथि १९८६ मा १६ वर्षकी युवतीले आफूमाथि शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लगाएकी थिइन् । अभिनेताका प्रवक्ताले त्यो आरोपलाई झुठो भनेका थिए ।
केही समयअघि हलिउड निर्माता हार्वे विनस्टिनमाथि एकैपटक धेरै महिलाले यौन दुव्यर्वहारको आरोप लगाएका थिए । उनीमाथि हलिउडका प्रख्यात अभिनेत्रीले पनि आफूमाथि यौन दुव्यर्वहार गरेको आरोप लगाएका थिए । हार्वेले आफूमाथि लागेको आरोप निराधार भने पनि उनीमाथि १९९० देखि २०१५ सम्म यौन शोषणको आरोप लागेको छ ।

 

प्रकाशित: ७ पुस २०७४ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App