१५ चैत्र २०८० बिहीबार
कला

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

नयाँ  दिल्ली –  भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले इटालीमा बिहे गरेको भन्दै मध्य प्रदेशका विधायक पन्नलाल शाक्यले विरोध गरेका छन् । यसले देशभक्तिको भावनालाई बेवास्ता गरेको उनको दाबी छ ।
क्रिकेटर कोहली र अभिनेत्री शर्माबीच गत मंसिर २५ गते इटालीको फ्लोरेन्स शहरमा विवाह भएको थियो ।
परिवारका सदस्यहरुको समेत सहभागितामा विवाह भव्य रुपमा सम्पन्न भएको थियो ।
 हनिमुनका लागि विदेशमा  रहेका उक्त जोडीले डिसेम्बर २१ मा दिल्लीमा र क्रिकेटर्स तथा बलिउड उद्योगका व्यक्तिहरुका लागि डिसेम्बर २६ मा मुम्बईमा रिसेप्सन पार्टी राखेका छन् ।
विराट अनुष्काको नवविवाहित जोडीलाई  भारतको एक नमुना जोडीको रुपमा लिइन्छ ।

 

प्रकाशित: ५ पुस २०७४ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App