४ माघ २०७७ आइतबार
कला

आफ्नै फिल्म हेर्न पहिलो पटक गाडी चढेर राजधानी आए मौलीधन

काठमाडौं–नेपालको पूर्विभेग सोलुखुम्बुक्षेत्रमा खिचिएको ‘दी लास्ट हनी हन्टर’को एसियामा नै पहिलो पटक प्रदर्शन गरिएको थियो । कुमारीहलमा बिहीबारबाट विधिवत रुपमा उद्घाटन भएको डकुमेन्ट्री  हेर्न आयोजकले निम्त्याएका विशिष्ट अतिथी मात्र थिएनन् डुकमेन्ट्रीमा मुख्य पात्र रहेका सोलुखुम्बुको गुडेल गाउँमा भिरमौरी को मह काढ्ने मौलीधन राई पनि उपस्थित थिए । बेन नाइटको निर्देशन रहेको डकुमेन्ट्री  हेर्न राई जीवनमै पहिलोपल्ट गाडी चढेर राजधानी  आइपुगेका हुन् । गाडी चढ्दाको अनौठो अनुभव उनको दिमागमै अडकिएको छ । ‘गाडी त बल्लिँदोरहेछ, कानमा जतिखेर पनि झ्याङ झ्याङ गरिरहन्छ,’ लामो यात्राको ह्याङओभरमा रहेका उनले भने ‘तर, रमाइलो हुँदो रहेछ अहिले पनि हल्लिरहे झै लाग्छ ।’ पहिलोपल्ट राजधानी आएका उनले बिहीबार नै जाउलाखेलस्थित चिडियाखाना हेर्न भ्याएका थिए । ‘जनावर नै जनावर रहेछ,’ उनले हाँस्दै भने ‘त्यहाँ मान्छेजस्तै बाँदर पनि रहेछ ।’ 

सपनामा देउताले देखाएको बाटो पछ्याउदै उनी भिरमौरीको मह काढ्न थालेका हुन् । ‘सपनामा निकै राम्री सुन्दरी केटीहरू आउँथे अनि मलाई म्वाँई खाएर जान्थे,’ उनले फिल्म बताएका अनुभव दोहो¥याउँदै भने , ‘कता कता माकुराको जालोमा पसेजस्तो देखिन्थ्यो पछि त त्यो मौरीको घार रहेछ भनेर थाहा पाएँ ।’ 

उनका बाबु र उनका दौंतरीले काढ्ने गरेको भिरमौरीको महसँगको निकटता उनले किशोरावस्था भएपछि मात्र अनुभव गर्न पाए । उनीह«को सिको गर्दागर्दै उनले पनि भिरमौरीको मह काढ्न सिके । तर, भिरमौरीको मह सितिमिती कसैले काढ्न सक्दैन भन्ने मान्यता मौलीधन र गाउँलेमा छ । कुनै दैवी शक्तिकै भरमा मात्र त्यो काम गर्न सकिने विश्वास उनीहरू भित्र छ । गाउँबाट तीनदिन नदी, खोंच, पहाड तर्दै जाँदा बल्ल उच्च पहाडमा बसेका भिरमौरी भेट्न सकिन्छ । अग्लो पहाडको  फेदमा बालिएको आगोको धुवाँका भरमा मह काढ्दा मौरीले टोकेर कति भीरबाट लडेका छन् त कतिको अनुहार सुन्निएको छ ।  तर, पनि उनलाई केही नहुनु उनले देवताकै कृपा मानेका छन् । 

तीन तीन वटी श्रीमति बिहे गरेका राईका तीनवटै श्रीमति बितेका थिए । उनले यसलाई मौरीको श्राप लागेको रुपमा बुझेका छन् । ‘मौरीको चाकामा साना साना बच्चा हुन्छन् अनि त्यही ठूला मौरीले पनि खाएर बाँचेका हुन्छन् । मैले उनीहरूको गाँस खोसेको हुँ’ उनले भने ।  बुढ्यौलीले गल्दै गएकाले राईपछि भिरमौरीको मह काढ्न सक्ने पुस्ता छैन । त्यही कारण नै फिल्मको नाम उनकै काम अनुसार ‘द लास्ट हनी हन्टर’ राखेको निर्माता बेन इयरले बताए । वर्षको दुइचोटीसम्म काढ्न सकिने मह काढेको फिल्म खिच्न उनलाई सहज भने भएन । बेन नाइट निर्देशक रहेपनि उनी सह निदेर्शकको भुमिकामा थिए । यसअघि नेपालकै पश्चिम लमजुङमा भिरमौरीको मह काढेको वृतचित्र नेशनल जियोग्राफीकै एरिक भ्यालीले खिचेका थिए ।

उनले त्यहाँको मानिसको कृयाकलापसँग जोडेर वृतचित्र बनाएका थिए । ‘तर मैले मौलीधनलाई नै हिरो बनाएर उसले कसरी त्यो काम गरिरहेका छन् भनेर फिल्म बनाएको छु ,’उनले सम्झे ,‘एरिकसँगै बनाउने प्रयास गरेपनि उनको समय मिलेन । ’ एरिकको वृतचित्र अँग्रेजीमा रहेपनि मौलीधनका कुरा नेपाली र स्थानिय भाषामै उतारेका छन् । अँग्रेजीलाई भने सबटाइटलमा राखेका छन् ।  मौलीधनलाई जस्तै सपना अब अरुलाई नआए त्यो काम उनीसँगै अन्त्य हुने उनले दाबी गरे । उनीसँगै हिडेर अनि डोरीमा टाँगिएर फिल्म खिच्दा सातहप्ता लागेको अनुभव उनले सुनाए ।

दशवर्षअघि सोचेको कथा गतवर्षमात्र पुरा भएको उनले सुनाए । ड्रोन क्यामराले खिच्ने प्रयास गरेपनि त्यो पूर्णत सफल हुन नसकेको बताए । एकलाख डलरमा बनेको द लास्ट हनीहण्टरले आधादर्जन बढी अवार्ड समेत हात पारिसकेको छ । उनकै गाउँ वरपसर सामाजिक संस्थामा काम गर्ने इयरले धेरै हप्ता लगाएर फिल्म खिच्नका लागि मौलीधनलाई राजी गराएका थिए । ‘विदेशी भिरमौरी भएका ठाउँमा पुग्यो भने बौलाहा हुन्छ भन्ने धारण रहेछ,’ उनले भने,‘ त्यो हटाउन नै समय लाग्यो ।’ 

 

प्रकाशित: २९ मंसिर २०७४ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App