७ वैशाख २०८१ शुक्रबार
कला

बोलचालमा प्रतिबन्ध

मुम्बई- बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि सँगै काम गरेको यो जोडी दोस्रो सहकार्यमा भने बोलचाल गर्नै छोडेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि आवश्यक तयारी गर्न फिल्मका निर्देशक दिवाकर बनर्जीले यी दुई कलाकारलाई बोल्न दिएका छैनन् । दुवैजना एक आपसमा बोलचाल नगरेपछि उनीहरूको झगडा भएको अनुमान लगाए पनि निर्देशक बनर्जीले आफ्नै योजनामा दुवै कलाकारको बोलचाल नभएको खुलासा गरेका छन् ।
‘मैले फिल्मको सट दिनु अघिसम्म एक आपसमा कुराकानी गर्न बन्देज लगाइदिएको छु । उनीहरूलाई सार्वजनिक रूपमा पनि एकापसमा भेटघाट पनि नगर्न भनेको छु,’ बनर्जीले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई थाहा छ, परिणिति र अर्जुन वर्षौदेखि एकापसमा परिचित छन् । म यो फिल्मको काम सुरु भएको दिनदेखि नै उनीहरूको पहिलाको जस्तो सम्बन्ध फिल्ममा नदेखियोस भन्ने चाहन्छु । त्यसकारण पनि उनीहरूलाई भेटघाट र बोलचाल गर्न दिइएको छैन ।’
फिल्ममा प्रेमीप्रेमिकाका रूपमा अभिनय गरे पनि वास्तविक जीवनमा उनीहरू मिल्ने साथी हुन् । फिल्म ‘इशकजादे’बाटै अर्जुन र परिणीतिले फिल्मी करियर सुरु गरेका हुन् । दिवाकरको फिल्ममा अर्जुन र परिणीति एकापसलाई घृणा गर्ने चरित्रमा देखिँदैछन् । केही दिन अघि मात्र फिल्मको फस्टलुक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो । जसमा परिणीतिलाई एक कर्पोरेट लेडीको रूपमा प्रस्तुत गरिएको थियो । फिल्ममा अर्जुन हरियाणवी पुलिस इन्स्पेक्टरको भूमिकामा देखिँदैछन् । फिल्म २०१८ को अगष्ट ३ मा रिलिज हुँदैछ ।

प्रकाशित: ५ मंसिर २०७४ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App