coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

काठमाडौं – तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइरहेकाे अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको काठमाडौँ ब्यूरो र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा प्रदर्शनीमा झण्डै ५० भन्दा बढी प्रिन्टेड तिब्बती कलाहरु प्रदर्शनीमा राखिएको थियो । गत शुक्रबारदेखि सुरु भएको प्रदर्शनी चार दिन चलेको थियो ।
चिनियाँ दूतावासका सांस्कृतिक सहचारी चाङ् बिङ्ले प्रदर्शनीले नेपाल र चीन भौगिलिक सम्पदालाई एक अर्कामा परिचय गराउन सहयोग गरेको बताए । ‘नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गर्न प्रदर्शनीको आयोजना गरिएको हो । यसमा तिब्बती क्षेत्रको भौगोलिक र साँस्कृतिक सम्पदाको चित्रहरूलाई समावेश गरेका छौं,’उनले भने।

प्रदर्शनीमा भिडियोको माध्यमबाट तिब्बतका पर्यटकीय तथा साँस्कृतिक सम्पदा, पहिरन, परम्परा र हिमाल लगायतको प्रतिबिम्ब देखाइएको थियो । प्रदर्शनी हेर्न पुगेकी सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगिता थापाका अनुसार भूकम्पले क्षतिग्रस्त बनाएका साँस्कृतिक सम्पदालाई प्रविधिको माध्यमबाट विश्वभर प्रवर्द्धन गरिएको बताइन् । ‘प्रविधिको प्रयोग गरेर साँस्कृतिक सम्पदाको संरक्षण गर्न सकिन्छ भन्ने कुरा यो प्रदर्शनीले सिकाएको छ ।’ प्रदर्शनीमा सहभागी हुन चीनबाट १० जनाको डिजिटल प्रविधिको विज्ञ टोली राजधानी आएको थियो । प्रदर्शनी यसअघि थाइल्याण्ड र रुसमा आयोजना भइसकेको थियो ।

प्रकाशित: २७ कार्तिक २०७४ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App