१६ चैत्र २०८० शुक्रबार
कला

‘मेला’को भारत अधिकार बिक्री

काठमाडौं – आगामी साता रिलिज हुने फिल्म ‘मेला’को भारत प्रदर्शन अधिकार फिल्मकै कलाकार तथा भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । भोजपुरी फिल्ममा ‘एसपी खरेल’को नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा फिल्म प्रदर्शनको अधिकार लिँदै सम्झौतामा हस्ताक्षर गरेका छन् । फिल्मका तर्फबाट लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे।

कलाकार शाहले फिल्मको ट्रेलर र तीनवटै गीत हेरेपछि फिल्मलाई भारतमा प्रदर्शन गर्न आफू अग्रसर बनेको बताए । ‘भारतको सिक्किम, दार्जिलिङ र दिल्लीमा नेपाली समुदायको बाक्लो उपस्थिति छ । त्यसकारण पनि ती दर्शकलाई लक्षित गर्दै मैले भारतको प्रदर्शन अधिकार लिएको हुँ,’ उनले भने, ‘भारतमा फिल्म प्रदर्शनका लागि भारतमा चाँडै नै सेन्सर गर्ने र हलमा सो किनेर प्रदर्शन गरिनेछ।’

फिल्मका प्रस्तुतकर्ता पन्तले विदेशी बजारमा नेपाली फिल्म प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र फिल्मको बजार पनि विस्तार हुने बताए । ‘भारतको अधिकार विक्री भएपछि म केही हदसम्म सुरक्षित भएको छु,’ उनले भने । बसन्त निरौला निर्देशित फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलगायतको अभिनय छ।

प्रकाशित: १७ कार्तिक २०७४ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App