coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘मुुना मदन मेरो प्रिय’

वर्षा राउत नेपाली चलचित्रकी अभिनेत्री हुन् । उनलाई जीवनमा मन परेका कुरा नागरिक परिवारलाई यसरी बताइन् :
 पुस्तक 
मलाई पुस्तकमा ‘मुना मदन’ पढ्न मन लाग्छ । अरु त साह्रै अल्छी लाग्छ ।
साहित्यकार 
लक्ष्मीप्रसाद देवकोटा । उहाँको सबै किताब मन पर्छ तर विशेष ‘मुना मदन’ एकदमै पढ्न पर्छ ।
मन परेका फिल्म 
‘जात्रा’ र ‘पशुपति प्रसाद’ किनभने यी दुवै फिल्मले मान्छेको जीवनका कुरा देखाएको छ । नहुँदो कुरा देखाइएको छैन । कथावस्तु सरल तरिकाले बगेको छ ।
कलाकार 
मलाई कलाकारमा विपिन कार्की मन पर्छ । उहाँले राम्रो र जीवन्त अभिनय गर्नुहुन्छ । 
मन पर्ने नेता  
खासमा भन्नु पर्दा मलाई नेता भन्ने नै मन पर्दैनन् ।
सौन्दर्य प्रशाधन 
क्लिनिक प्लसको क्रिम र फेसवास प्रयोग गर्छु ।
कारको रङ  
मलाई रातो रङको कार मन पर्छ । अरु खासै मन पर्दैन ।
भेट्न मन लागेको कलाकार 
मैले नेपालका सबै मनपर्दा कलाकार भेटिसकेको छु तर बलिउडको शाहरुख खानलाई भेट्न मन लागेको छ । 
 कुन घडी लाउनु हुन्छ ?
यही घडी लाउँछु भन्ने छैन । मलाई घडी लगाउने त्यति धेरै इन्ट्रेस्ट नै लाग्दैन ।
कुन मोबाइल सेट बोक्नु हुन्छ ?
अहिले चलेको सामसुङ एस एट बोक्छु । 
कुन ठाउँ घुम्न मन पर्छ ?
मलाई नेपालबाहिर घुम्न मन पर्छ । नेपाल त घुमिहालिन्छ नि ! होइन र ?
हेर्न मन लागिरहने फिल्म ?
‘थ्रि इडिएट्स’, अरु त खासै छैन ।
कुन चाडपर्व मन पराउनुहुन्छ ? 
मलाई होली र तिहार मन पर्छ किनभने रङ खेल्ने र रमाइलो गर्ने होलीमा हुन्छ । तिहारमा देउसीभैलो र दाजुभाइलाई टीका लगाउन रमाइलो लाग्छ ।
खेलमा नि ?
ब्याटमिन्टन मनपर्छ ।   

प्रस्तुति : भोला अधिकारी

प्रकाशित: १४ आश्विन २०७४ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App