१६ चैत्र २०८० शुक्रबार
कला

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

नेपथ्यका गायक अमृत गुरुङ

काठमाडौं—लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।

हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेल पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको यति समयपछि म्यूजिक भिडियो बनेर युट्युबमार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ।’

‘मै मरि जाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’खोजी गरिएको थियो। नेपथ्यले आफ्नोआधिकारीक युट्युब च्यानलमा स्वतन्त्र रुपले म्यूजिक भिडियो राख्दै आएकोमा त्यसै श्रृंखलाको यो आठौं म्यूजिक भिडियो हो।

‘संगीतकर्मी र उसका श्रोताबीचको पहुँचलाई पछिल्लो समय युट्युबले अत्यन्त सहज बनाइदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘परम्परागत माध्यमहरुको अन्त्यसँगै त्यसभन्दाबेग्लै किसिमले उदाएको संगीतको यो नयाँ संवाहकले नयाँ र पुराना सबै कलाकारहरुलाई आफ्ना श्रोतासँगको सम्वन्ध नयाँ किसिमले विकास गर्ने अवसर दिएको छ।’

‘मै मरि जाउँला’तामाङ सेलोमा आधारित गायन हो जसका शब्दहरुले पछिल्लो समय वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनका बेदनालाइ बोकेको छ। आफन्त छाडेर विरानो देसमाजाने कतिपय युवाहरुले त फेरि फर्केर परिवारको अनुहार पनि देख्न पाउँदैनन्। त्यही पीडा छातीमा बोकेर गाइएको गीतले भन्छ –

‘मै मरि जाउँला... जीवन छोटो छ

लेखेको सम्झना, च्यातेर नफाल

सिरानमा फोटो छ, सिरानमा फोटो छ’

यसको म्यूजिक भिडियोलाई ‘सिम्पल लिरिक भिडियो’का हिसाबले तयार पारिएको छ। अहिलेको अन्तर्राष्ट्रिय म्यूजिक भिडियो तयार पार्ने यो आधुनिक ट्रेण्ड हो। यसमा कमिक्समा चित्रहरुबाट पात्र र घटना वर्णन गरिएजस्तै दृश्यका माध्यमबाट गीतका भावलाई प्रस्तुत गर्न खोजिएको छ।

‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेल पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको यति समयपछि म्यूजिक भिडियो बनेर युट्युबमार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ।’

प्रकाशित: २८ भाद्र २०७४ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App