८ वैशाख २०८१ शनिबार
कला

नगरकोटीको दोचा सार्वजनिक

काठमाडौं- ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको संस्मरणात्मक नया“ कृति ‘दोचा’ सार्वजनिक भएको छ । लेखकका बालसखा अक्षय अधिकारी र रवि मल्लले शनिबार संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । अधिकारीले डोल्पाबाट जीवन शाहीले पठाएको दोचा सार्वजनिक गरे भने मल्लले पुस्तक ।

डोल्पामा रह“दा आपूmलाई मित आमाले दिएको दोचा खुबै मन परेको र त्यसलाई काठमाडौं ल्याउन नपाएको संस्मरण नगरकोटीले कार्यक्रममा सुनाएका थिए । ‘मलाई त्यो दोचा साह्रै मन परेको थियो । त्यसमा म आपूmलाई मनपर्ने कुराहरू लुकाएर राख्थें । मलाई त्यो दोचा एउटा सानो म्युजियमजस्तो लाग्थ्यो,’ उनले भने, ‘बुवाको सरुवा भएपछि काठमाडौं आउने बेला कालो सुटकेसस“गै दोचा नेपालगञ्ज विमानस्थलमा छुट्यो । त्यही सम्झेर किताब लेखेको हु“ ।’

मल्ल नगरकोटीका ती मित्र हुन् जसले उनले लेखेको कथालाई समकालीन साहित्यका सम्पादक अविनाश श्रेष्ठसम्म पु¥याइ प्रकाशित गराएका थिए । ‘मल्लले कथा समकालीन साहित्यको कार्यालयमा नपु¥याएको भए म लेखक हुने थिइनँ’, नगरकोटीले भने, ‘त्यसैले मलाई लेखक बनाउने साथीकै हातबाट किताब विमोचन गराएको हु“ ।’

आपूmलाई मनपरेको दोचा उनले डोल्पाका समाजसेवी शाहीमार्फत् मगाएका थिए । पाण्डुलिपि तयार भएर छापाखाना जाने अन्तिम दिनमा अधिकारीले डोल्पाबाट दोचा आएको जानकारी गराएपछि नगरकोटीले किताबको अन्तिम अंश लेखेका थिए । आफ्नो किताबलाई पूर्ण बनाउन सहयोग गरेको भन्दै नगरकोटीले अधिकारीको हातबाट किताब विमोचन गर्न लगाएको सुनाए ।

कार्यक्रमा समीक्षक शेखर खरेलले नगरकोटीको लेखाइ मादकताले भरिपूर्ण भएको टिप्पणी गरे । नवीन शैली र स–साना कुरालाई पनि उत्तिकै महत्वका साथ प्रस्तुत गर्ने भएकाले नगरकोटी सबैका प्रिय लेखक भएको उनले सुनाए ।

कार्यक्रममा नगरकोटीका छात्र अंकितबाबु अधिकारीले उनका केही रचनाहरूलाई गीत बनाएर सुनाएका थिए । पुस्तक बुक–हिल पब्लिकेशन्स्ले बजारमा ल्याएको हो । बुक–हिलबाट यसअघि नगरकोटीले ‘मिस्टिका’ र ‘घाटमाण्डु’ ल्याइसकेका छन् ।

पब्लिकेशन्सको तेस्रो वार्षिकोत्सव पारेर आयोजित कार्यक्रममा बुक–हिलले तीन लेखक र उनीहरूका नया“ कृतिको घोषणा गरेको थियो । दशैंको मुखमा अश्विनी कोइरालाको उपन्यास प्रेमालय सार्वजनिक गरिने पब्लिकेशन्सका प्रबन्ध निर्देशक पवन आचार्यले जानकारी दिए । त्यस्तै कवि विप्लव प्रतीकको उपन्यास अविजित र पिटर जे. कार्थकको अंग्रेजी उपन्यास काठमान्ड्रुइडिज पनि छिट्टै सार्वजनिक गर्ने पब्लिकेसनले जनाएको छ ।

प्रकाशित: २० भाद्र २०७४ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App