१६ चैत्र २०८० शुक्रबार
कला

यज्ञशको 'भुइयाँ' सार्वजनिक

भुइँया सार्वजनिक गर्दै लेखक कुमार नगरकोटी, मोहना अन्सारी तथा पुस्तकका लेखक यज्ञश। तस्विरः विजय गजमेर

काठमाडौं— पत्रकार तथा लेखक यज्ञशको गैरआख्यान पुस्तक 'भुइयाँ' आइतबार सार्वजनिक भएको छ। पुस्तकका लेखक यज्ञश, लेखक कुमार नगरकोटी तथा राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

'सामाजिक न्यायको पाटोमा धेरै काम हुन बाँकी छ। मिडियाले पनि मध्यम वर्गलाई मात्र जोड दिएको छ। त्यसैले तल रहेका मान्छेका कथामाथि लेखेको हुँ', उनले भने।

फाइन प्रिन्टले प्रकाशन गरेको 'भुइयाँ'मा लेखकले पश्चिम केन्द्रित भएर १२ वटा सामान्य मान्छेका कथालाई पेश गरेका छन्। लेखक कुमार नगरकोटीले पुस्तकको लेखनशैली जीवन्त रहेको बताए। 'पुस्तकको लेखनशैली जीवन्त छ। ब्याख्यानमा पनि सलल बगेको छु, उनले भने, 'उहाँ कविता लेख्नुहुन्न तर पुस्तकको प्रस्तुति कवितात्मक लाग्छ।'

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पुस्तकले आर्थिक, सामाजिक र राजनीतिक मानवअधिकारको पक्षलाई उजागर गरेको उल्लेख गरिन्। 'पुस्तकमा रहेका हरेक कथाले राज्यसँग एउटा-एउटा प्रश्न गरेका छन्', उनले भनिन्, 'राजनीतिक दलहरुले सर्वसाधारणलाई कसरी भोट बैंकको रुपमा प्रयोग गरेका छन् भन्ने पुस्तकका कथाहरुले प्रस्ट्याएका छन्।'

पुस्तकका लेखक यज्ञशले सामाजिक न्यायको दयनीय अवस्थालाई पुस्तकमा समेटिएको बताए। 'सामाजिक न्यायको पाटोमा धेरै काम हुन बाँकी छ। मिडियाले पनि मध्यम वर्गलाई मात्र जोड दिएको छ। त्यसैले तल रहेका मान्छेका कथामाथि लेखेको हुँ', उनले भने।

प्रकाशक फाइन प्रिन्टका अजित बरालले गैर आख्यान लेखनको कमी रहेको उल्लेख गर्दै हुइयाँले नेपाली समाजलाई अझ् मानवीय बनाउन सहयोग पुर्याउउने विश्वास व्यक्त गरे। १९० पृष्ठको पुस्तकको मूल्य ३८८ रहेको छ।
 

प्रकाशित: १८ भाद्र २०७४ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App