६ वैशाख २०८१ बिहीबार
कला

गायिका देवानको ‘रम्दैछ अलि अलि’को भिडियो सार्वजनिक

काठमाडौँ – गायिका चन्दा देवानको स्वरमा रहेको 'रम्दैछ अलि अलि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

पछिल्लो समयकी चर्चित मोडल एलिसा राई अभिनित उक्त म्युजिक भिडियोमा नगरकोटमा छायाँकन गरिएको हो । चेनत बराबोटीको शब्द तथा सचिन सिंहको संगीतमा बनेको यो गीतको भिडियोमा एलिसासँगै युमी बरालको पनि अभिनय रहेको छ। 

सुदिप बरालको छायाँकन र राजीव समरको कोरियोग्राफी रहेको उक्त भिडियोको निर्देशन विदुर खतिवडाले गरेका हुन् । केही महिना अगाडि चेलिबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस भनेर छानो हाल्ने सपनीमा म बेचिनुपर्‍यो बोलको गीत गाएकी चन्दाले अहिलेको यो गीतले सबैलाई नाँच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन्।

गीतबारे बोल्दै उनी भन्छिन्,  ‘यो म जस्तै आम आमाछोरीको गीत हो । नाच्न मन पराउने, खुलेर बाँच्न चाहने युवतीहरूको अनुभूति हो । सबैले मनपराइदिनु हुनेछ भन्ने आशा राखेकी छु ।’ 

 

प्रकाशित: ८ भाद्र २०७४ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App