coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

छेडछाड विरुद्ध इलियाना

मुम्बई- सेलिब्रिटीलाई फ्यानहरूले जिस्क्याउनु नयाँ कुरा होइन। तर सेलिब्रिटी आफंैले फ्यानले आफूमाथि गरेको दुव्यर्वहारका बारेमा सार्वजनिक गर्नु भने पक्कै नौलो हो। बलिउड अभिनेत्री इलियाना डिक्रुज अहिले यस्तै घटनाले चर्चामा छिन्। उनले ट्वीटरमार्फत आफूलाई फ्यानले दुर्व्यवहार गरेको खुलासा गरेपछि उनको चर्चा चुलिएको छ। उनले ट्वीटरमा पोस्ट ट्वीटेर आफूलाई फ्यानले नराम्रो व्यवहार गरेका जनाउँदै आफू अन्ततः एक महिला भएको जनाएकी छन्।

फिल्म 'बर्फी'बाट बलिउडमा डेब्यु गरेकी इलियानाको पछिल्लो फिल्म 'बादशाहो' प्रदर्शनको तयारीमा छ। 'मलाई थाहा छ कि हामी एउटा खराब विश्वमा बाँचिरहेका छौं। म पब्लिक फिगर हुँ। म निजी जिन्दगी जिउन सक्दिन,' उनले ट्वीटेकी छन्, 'मसँग दुर्व्यवहार गर्नेलाई म एक महिला हुँ भन्ने सम्झाउन चाहन्छु।'

इलियानामाथि पहिलोपटक यसरी छेडछाड भएको होइन। यसअघि पनि उनले ट्वीटरमार्फत नै महिला सुरक्षाको मुद्दा उठान गरेकी थिइन्।

प्रकाशित: ६ भाद्र २०७४ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App