७ वैशाख २०८१ शुक्रबार
कला

निर्देशक निलु डोमाको मृत्यु

दिवंगत निलु डोल्मा

काठमाडौं – फिल्म निर्देशक निलु डोमा शेर्पाको शनिबार मृत्यु भएको छ। राति २ बजे बालुवाटारस्थित निवासमा रहेकी उनले अप्ठ्यारो भएको बताएकी थिइन्। बिहान ८:३० बजे साथीभाइ भेला भएर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएका थिए। चिकित्सकले उनलाई त्यही मृत घोषणा गरे।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्।

उनको पार्थिक शरीर पोस्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो।

अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘हाउ फन्नी’को निर्देशन गरेकी निलुले शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएकी थिइन्। निलु र प्रियंकाबीच सुमधुर सम्बन्ध रहँदै अाएको थियो।

केही समययता उनी डिप्रेसनबाट पीडित रहेको उनी निकटहरुले जनाएका छन्।

‘बिहान करिव २ बजे अचानक बिमारी भएपछि उनको घरमा रहेकी बहिनीले साथीहरुलाई खबर गरेकी थिइन्। अचानक बिमारी भएर बिहान साढे आठ अस्पताल पुर्‍याएपछि डाक्टरले हृदयघातबाट मृत्यु भएको बताएका थिए,’उनका निकट रहेका लेखक शान बस्न्यातले भने,‘नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेका थियौं । हिजो अभिनेत्री निशा अधिकारीको विवाह समारोहमा सँगै थियौं।’

लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्।

 

प्रकाशित: १७ असार २०७४ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App