१६ चैत्र २०८० शुक्रबार
कला

चौथौ विवाह गर्दै विश्व सुन्दरी जोली

विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेकी हुन् । 

पिटसँग अलग्एिपछि निकै नै कष्टकर जीवन बिताएकी उनले पीडालाई भुल्नका लागि बेलायती व्यापारीसँग डेट जाने गरेको हलिउड सञ्चार माध्यमले जनाएका छन् ।

उनले विवाह गर्न लागेको व्यक्ति बेलायती व्यापारी तथा कुशल राजनीतिक पृष्ठभूमी भएका व्यक्ति रहेको खुलासा भएको छ । उनीहरूको भेट गत वर्ष लन्डनमा भएको थियो । त्यसपछि पनि धेरै पटक मालिबुमा उनीहरूको भेट भइसकेको छ । जोली  ब्राडसँग छुटिएपछि मालिबुमा बस्दै आइरहेकी छिन् । 

पिटसँग अलग्गिए पनि छोराछोरीलाई भने आफूसँगै राख्नको लागि कानूनी लडाई लडिरहेकी उनी छोराछोरी आफ्नो नयाँ जीवनप्रति सकारात्मक हुने आशमा छिन् ।

प्रकाशित: १८ वैशाख २०७४ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App