४ वैशाख २०८१ मंगलबार
कला

अवतारको चार सिक्वेल आउने

लसएञ्जल्स– सन् २००९ मा रिलिज भएको चर्चित हलिउड फिल्म ‘अवतार’को चारवटा सिक्वेल निर्माण हुने घोषणा गरिएको छ । फिल्मका निर्देशक जेम्स क्यामरुनले फिल्मको फेसबुक पेजमार्फत सिक्वेलसँगै रिलिज मिति पनि सार्वजनिक गरेका छन् ।

निर्देशक क्यामारुनले पहिलो सिक्वेल ‘अवतार २’ २०२० को डिसेम्बर २२ मा, ‘अवतार ३’ २०२१ को डिसेम्बर १७ मा, ‘अवतार ४’ २०२४ को  डिसेम्बर २० र ‘अवतार ५’ २०२५ को डिसेम्बर १९ मा रिलिज हुने जनाएका छन्  ।

‘व्यापारमा राम्रो टिमसँग काम गर्न पाउनु आफैमा ठूलो अवसर हो, चार सिक्वेलमा एकैपटक काम भएसँगै अवतारको उडान सुरु भएको छ ।’ ६२ वर्षे निर्देशकले भनेका छन् ।

क्यामरुनले आफूले पहिला एउटा मात्र सिक्वेल ल्याउने योजना बनाए पनि पटकथा लेखक, कलाकार र डिजाइनरको सल्लाहअनुसार निर्णय लिएको बताए । ‘फिल्मको कथालाई दुईवटा सिक्वेलमा समेट्न सम्भव भएन, त्यसकारण एकसाथ चारवटा सिक्वेलको तयारी गरेका हौं, ’ उनले भने । सिक्वेलमा ‘अवतार’कै कलाकार जोइ सेल्डेना, सैम वर्थिङ्टन, सिगर्नी वीवर र स्टीफ लैगको अभिनय रहनेछ ।

‘अवतार’मा २२ औं शताब्दीमा मानव र काल्पनिक ग्रहका नाभि जातिबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको थियो ।

प्रकाशित: १४ वैशाख २०७४ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App