सबै लामो यात्राको थालनी पहिलो पाइलाबाटै हुन्छ। पाइला नचाली कहीं पुगिन्न। पाइला चाल्दै गरेपछि आफूले कल्पना गरेभन्दा टाढा पुग्न सकिन्छ।
केही वर्षदेखि हरेक बिहान पाइला चाल्दै आएको छु। पहिला स्वस्थ रहन पाइला चाल्ने गरेको हुँ। अचेल खुसी हुन पाइला चाल्छु।
पाइला पहिल्यैदेखि चालेको हुँ। सन् २०१७ को आधाआधीबाट हरेक दिन चालेका पाइला अभिलेखमा बस्न थालेका छन् मोबाइल एपमार्फत्। हेर्दाहेर्दै अहिलेसम्म अर्थात् ६ वर्षमा अढाई करोड पाइला हिँडिएछ। १० हजार पाइला बराबर ८ किलोमिटर हिँडाइ हुन्छ भन्ने गणना गरिएको छ। यसरी गणना गर्दा हिसाब निकै ठुलो आउने रहेछ।
जब हिँड्न थालिन्छ, त्यसपछि यो जगत् खुल्न थाल्छ। प्रत्येक दिन रुखविरुवा, माटोढुंगा र पशुपन्छीले संवाद गर्न थाल्छन्। वास्तवमा प्रत्येक दिन बिहानको आधा घन्टामाथिको हिँडाइ एउटा सुन्दर उपक्रम हो, जसलाई पटकपटक दोहो¥याउन मन लाग्छ।
मान्छेको मात्र के कुरा, बाटो हिँड्नेसँग यो चराचर जगत् सँगै हिँड्छ। बाटोमा भेटिने कुकुर र चराहरू पनि साथी हुन्छन्। कुकुर त झन् विशेष हुन्छन्। बाटोमा एक्लै भेट्दा पनि ती सँगसँगै पुर्याउन हिँडिरहेका हुन्छन्। वास्तवमा प्रकृतिलाई आत्मसात गर्ने हो भने सबै आफ्ना हुन्छन्।
हाम्रा वेदका मन्त्रले यत्तिकै चरैवेति चरैवेति भनेका होइनन्। हिँडिरहू भनेर तिनले प्रेरित गरेका रहेछन्। हिँडिरहेपछि यी भनाइलाई पनि बुझिने रहेछ।
बाटाहरू तिनै हुन्। बाटा छेउमा उभिएका रुख तिनै हुन्। घाम त्यसरी नै प्रत्येक बिहान झुल्किन्छ। हिँडिरहेपछि भने ती प्रत्येक दिन नौला लाग्छन्। आफैं हिँडिरहेको बाटो कहिले धुलैधुलो हुन्छ, कहिले त्यो आफैं रातभरिको पानीमा नुहाएर मग्मग बास्ना आइरहेको हुन्छ।
अझ सल्लीपिरमा रातभरि परेको पानी, बिहान त्यही ठाउँमा पोखिएको घामले त्यसलाई अझ सुवासयुक्त बनाउँछ। भोग्न जान्नु पर्छ, जिन्दगी मिठो हुन्छ, सुवासित हुन्छ। नजान्दा त्यही जिन्दगी काँडा बन्छ।
बाटामा मैले अनेकन् दृश्य देखेको छु। एकाबिहानै जंगलका भित्री बाटातिर लाठो लिएर उभिएका प्रहरीलाई देख्छु। उनीहरू त्यहाँ अर्कै पिरले पुगेका छन्। शान्तिसुरक्षाको पिर आफ्नो ठाउँमा हुन्छ तर ती त्यहाँ ‘लभसप’ भइहाल्ला कि भनेर ‘मोरल पुलिसिङ’ गर्न पुग्छन्। तिनको काम देखेर आफैं मुस्कुराउँछु। के गर्ने लाएअह्राएको काम गर्नैपर्छ।
यथार्थमा यो यात्रा अरूका निम्ति पनि प्रेरक हो। पहिला पहिला लाग्थ्यो, म हिँडिरहेका बेला मेरो मुटु, फोक्सो र अन्य अंग कति खुसी भए होलान्। यो मान्छे साँच्चै सुध्रिएर अहिले हामीलाई ताजा हावातिर घुमाउन लगिरहेको छ भन्ने ठान्दा हुन्।
एक दिन एकजना भावुक मानिसलाई एउटा रुख नजिकै देखें। उनी त्यसलाई नियालेर हेरिरहेका थिए। म छेउमा पुगेपछि उनले मलाई मोबाइल दिँदै भने, ‘मेरो तस्बिर यो रुखसँग लिइदिनू न।’
रमाइलो लाग्यो। तिनलाई सोधें, ‘यो रुखसँग तपाईंको विशेष लगाव होला होइन?’
उनले मुस्कुराउँदै भने, ‘अँ हेर्नू न, यो बाटो हिँड्दा यहाँ सानो विरुवा ल्याएर रोपिएको थियो। म हिँड्दा हिँड्दै यो रुख ठुलो भइसक्यो। म पनि यो रुखजस्तै बिस्तारै बुढो हुँदै छु। मलाई यो रुखको सधैं माया लागेर आउँछ।’
वाह, कस्तो सुन्दर परिकल्पना। हेर्न जान्नु मात्र पर्नेरहेछ, सुख कहाँ छैन। भिरमा हुर्किरहेको यो रुखका पनि आत्मीयजन रहेछन्। रुख मात्र बढेको होइन रहेछ, आफ्नो उमेर पनि सँगै बढेको रहेछ। उहिले राल्फाकालीन समयमा लेखिएको एउटा पंक्तिसँग मिल्दो छ यो। ‘नदीछेउ उभिएको सिमलको रुख जत्ति नि बाँच्दिनँ म’ भन्ने डुंगा तार्ने माझीको अभिव्यक्ति समेटिएको पंक्ति यही जिन्दगीजस्तो छ।
हामी गइसक्दा पनि यी रुखहरू यसरी नै उभिइरहेका हुनेछन्। उनीहरूले ठिंग उभिएर यसैगरी आफ्नो छेउबाट हिँड्नेहरूलाई हेरिरहेका हुनेछन्।
हिँड्दाहिँड्दै रुखविरुवा त निकट हुन्छन् भने त्यही छेउमा हिँडिरहेका मानिस कसरी टाढा हुन्छन् र ? हिँड्ने बानी लागेपछि हिँडिरहिन्छ। त्यो बाटो कहाँ पुग्छ भन्ने विचार गरिँदैन। आखिर हिँडेर बाटा सकिँदैनन्। ती कुनै घुम्ती, खोल्सा, खोंच वा कतै पुगेर फेरि अर्कोतिर लाग्छन्। बाटाहरू मायासम्म पुग्छन्। बाटाहरू जिन्दगीका अनेकन् आयामसम्म भेटिन्छन्।
उनले मुस्कुराउँदै भने, ‘अँ हेर्नू न, यो बाटो हिँड्दा यहाँ सानो बिरुवा ल्याएर रोपिएको थियो। म हिँड्दा हिँड्दै यो रुख ठुलो भइसक्यो। म पनि यो रुखजस्तै बिस्तारै बुढो हुँदै छु। मलाई यो रुखको सधैं माया लागेर आउँछ।’
बाटो मलाई असाध्यै मन पर्छ। त्यसैले जहिल्यै बाटोसँग मिल्नेजुल्ने कुरा पढिबस्छु। बाटोसँग जोडिएका कविता पढ्छु। कवि मञ्जुलको ‘बाटो’ कविताले कैयन् दिन भावुक बनाएको पनि हो। कविताको भाव यस्तै थियो– आमा र म मामाघर जान्थ्यौं। कहिले आमा अघिअघि हुनुहुन्थ्यो, कहिले म अघिअघि हुन्थें। बाटाहरू मामाघर गइरहेका हुन्थे। अहिले आमा हुनुहुन्न। बाटाहरू अहिले पनि मामाघर गइरहेका छन्। निष्ठुर बाटाहरू !
यो कविताले मलाई आमासँग मामाघर गएको सम्झना गराउँछ। दिनभरि हिँडेर हामी मामाघर पुग्थ्यौं। आज पनि ममा त्यही जिजीविषा छ। आमा अब त्यसरी हिँड्न सक्नु हुन्न जतिबेला हामी सँगै मामाघर जान्थ्यौं। अहिले पनि बाटाहरू गन्तव्यमा पुगिरहेका छन्। म ती बाटालाई पछ्याउँछु।
हिँडाइ बिहान होस् वा बेलुका, त्यो आत्मीय हुन्छ। बाटो हिँड्ने मानिस उत्तिकै आत्मीय हुन्छन्। गाउँघरतिर अहिले पनि हिँड्दा नचिनेका मानिसलाई पनि सोध्ने चलन छ– ‘कहाँसम्मलाई लम्किरहनु भएको हो ?’ त्यही भएर नेपाल घुम्न आउने पर्यटकहरूले पहिल्यै सिकेका हुन्छन्– ‘नमस्ते’। नेपालीले मुसुक्क मुस्काउँदै भनेको नमस्तेले संसारभरिबाट जिज्ञासु पर्यटकलाई भिœयाउने गरेको छ।
हिँड्ने बानी लागेपछि हिँडिरहिन्छ। त्यो बाटो कहाँ पुग्छ भन्ने विचार गरिँदैन। आखिर हिँडेर बाटा सकिँदैनन्। ती कुनै घुम्ती, खोल्सा, खोंच वा कतै पुगेर फेरि अर्कोतिर लाग्छन्। बाटाहरू मायासम्म पुग्छन्। बाटाहरू जिन्दगीका अनेकन् आयामसम्म भेटिन्छन्।
मेरो बाटोमा भिक्षु हिँडिरहेका हुन्छन्। वृद्ध आमाहरू हिँडिरहेका हुन्छन्। बाटोमा नवयौवनाहरू दौडिरहेका हुन्छन्। छक्क पर्छु, बाटोमा एउटा सिंगो जिन्दगी चलायमान हुन्छ। ती अनेकन् सपना बोकेर हिँडिरहेका हुन्छन्।
बाटोमा मुस्कुराउने अनेकन् अवसर हुन्छन्। म तलबाट दौडिँदै माथि गइरहेको हुन्छु। माथिबाट सुन्तला र कलेजी रंगको चिवर लगाएका भिक्षुहरू हातमा त्रिपिटक बोकेर ओर्लिरहेका हुन्छन्। तिनका आँखाले मलाई करुणापूर्वक हेरिरहेका हुन्छन्। मलाई शितलताको अनुभूति हुन्छ।
‘गुड मर्निङ दाइ,’ भिक्षु बोल्छन्। ‘गुड मर्निङ, भन्ते’ भन्दै म अगाडि बढ्छु।
रमाइलो लाग्छ। आफूलाई २५ सय वर्ष अगाडि पु¥याउँछु। एउटा बुद्ध बाटोमा भेटिन्छन्। तिनको करुणाले मलाई छुन्छ। वास्तवमा मलाई बिहान बिहान हिँडाउने यस्ता दृश्यले पनि हो। मेरा आँखा भोलिपल्ट फेरि तिनलाई भेट्न दौडिरहेका हुन्छन्। त्रिपिटक बोकेर हिँडिरहेका भिक्षुले जीवनको सार बुझाइरहेका हुन्छन्।
आमा र म मामाघर जान्थ्यौं। कहिले आमा अघिअघि हुनुहुन्थ्यो, कहिले म अघिअघि हुन्थें। बाटाहरू मामाघर गइरहेका हुन्थे। अहिले आमा हुनुहुन्न। बाटाहरू अहिले पनि मामाघर गइरहेका छन्। निष्ठुर बाटाहरू !
बाटोमा कैयन् परिचित भेटिन्छन्। ती को हुन्? कहाँ बस्छन्? के गर्छन्? केही थाहा छैन। मलाई के थाहा छ भने ती बिहान बिहान हिँड्छन्। हाम्रो धर्म मिल्छ। अर्थात् हामी बिहानको चिसो हावामा जिन्दगीलाई डोर्याउन अभ्यस्त एकै परिवारका मानिस हौं। बाँकी तिनका सपना र जिजीविषाको खासै कुनै अर्थ छैन।
प्रत्येक बिहान भेटिँदा पहिला तिनका आँखासँग संवाद हुन्छ। केही पछि हाम्रा ओठले संवाद गर्न थाल्छन्। मुस्कानको भाषा सबैले बुझ्छन्। एउटा उज्यालो अनुहारले अर्को उज्यालो अनुहारमा हेर्दा आँखाको बाटो गरेर पवित्रता र स्निग्धता मनभित्र प्रवेश गर्छ। जीवनमा स्फूर्ति आउँछ। पाइला फेरि छिटोछिटो अगाडि बढ्न थाल्छन्।
अचेल धेरैले सोध्छन्, ‘सन्चै हुनुहुन्छ?’
अझ कसैले जिज्ञासा राख्छन्, ‘छिट्टै माथि पुगेर फर्कनुभएछ।’
‘धेरै दिन भयो नि तपाईंलाई नभेटेको?’ कतिले सोध्छन्।
तिनलाई के थाहा मेरो समय फेरिइरहन्छ। धेरैको एउटै समयमा हिँड्ने बानी हुन्छ। मलाई भने समय जतिबेला भए पनि हुन्छ। त्यतिबेलै हिँड्ने बेला हुन्छ, जतिबेला हिँड्न पाइन्छ।
मेरो बाटोमा भिक्षु हिँडिरहेका हुन्छन्। वृद्ध आमाहरू हिँडिरहेका हुन्छन्। बाटोमा नवयौवनाहरू दौडिरहेका हुन्छन्। छक्क पर्छु, बाटोमा एउटा सिंगो जिन्दगी चलायमान हुन्छ। ती अनेकन् सपना बोकेर हिँडिरहेका हुन्छन्।
कोही एक हुल बाँधेर हिँडिरहेका हुन्छन्। त्यो गफास्टकहरूको समूह हुन्छ। तिनीहरू यति मिठो गफ गर्छन्, मानौं रक्सीको केही पेग सिध्याइसकेका व्यक्ति हुन्। सडकको नसामा झन् धेरै गफ हुन्छन्। कोही असिन र पसिन हुँदै हिँड्छन्। कोही पञ्चमीका पाइला गन्दै हुन्छन्। कोही द्रूत गतिमा हुन्छन्।
पहिला पहिला मलाई लाग्थ्यो– यो सहर निकै अल्छी छ। यति राम्रो सुन्दर ठाउँमा हिँड्न नआएर कति सुतिरहेका होलान् यी मानिसहरू?
त्यो होइन रहेछ। काठमाडौं चाँडै ब्युँझनेहरूको सहर हो। ती एकाबिहानै उठ्छन्। बिहान पाँच बजे पहिल्यै तिनीहरूको भिड सडकमा देखिन्छ। उकालोतिर स्याँस्याँ गरेर लागिरहेका हुन्छन्। बुढाबुढी, युवायुवती, केटाकेटी सबका सब निस्किन्छन् बाटोमा।
वास्तवमा यो सहज तरिका हो। दुई पाइला चालिदिए पुग्छ। न जिममा गएर पैसा तिर्नुपर्ने न कुनै अन्य उपकरण चाहिने। दुई खुट्टा चालिरहेपछि मन आफैंमा शान्त हुन्छ। त्यो ध्यानस्थ मुद्रामा अगाडि बढिरहन्छ। मनमा बुद्धत्व जागृत हुन्छ। अनुसन्धानले अचेल पुष्टि गरिसकेको छ– व्यायाम गर्ने र हिँड्डुलमा रमाउनेहरू यथार्थमा सुखी प्राणी हुन्। तिनको मुटु र फोक्सो मात्र बालियो हुँदैन, दिमाग पनि तरोताजा रहन्छ।
‘धेरै दिन भयो नि तपाईंलाई नभेटेको?’ कतिले सोध्छन्। तिनलाई के थाहा मेरो समय फेरिइरहन्छ। धेरैको एउटै समयमा हिँड्ने बानी हुन्छ। मलाई भने समय जतिबेला भए पनि हुन्छ। त्यतिबेलै हिँड्ने बेला हुन्छ, जतिबेला हिँड्न पाइन्छ।
बाटामा मैले अनेकन् पात्र भेटेको छु। एकजना पेन्सनवाला लाहुरे दाइ छन्। उनी हरेक दिन तल बौद्धबाट हिँडेर तारेभिर पुग्छन्। फेरि तिनी त्यहाँ केही खाजा खाएर भात खान घरै पुग्छन्। हिँडाइ उनको जीवनको अविराम यात्रा हो।
घरमा राति आराम गरेपछि उनी फेरि बिहान माथि उक्लिन्छन्। एक पटक उनी खुट्टा मर्किएपछि हिँड्न सकेनन्। उनलाई आफू हिँडेको बाटो फेरि नदेखिएला कि भन्ने चिन्ता भयो। तर, एउटा सहृदयीले उनलाई टेम्पोमा राखेर पनि तारेभिरसम्म पुर्याएका रहेछन्।
अचेल फेरि उनी भेटिन्छन्। अरू दिन नभए पनि शनिबार अवश्यै भेटिन्छन्। संयोगले हामीले एक दिन सँगै चियाखाजा खायौं। उनको त्यो हिँडाइलाई निरन्तरता दिन आग्रह गरें। सयौं जन्मदिन हामी यसरी हिँड्दाहिँड्दै मनाउन आग्रह गरेका छौं।
बाटोमा हिँड्ने वृद्ध बाआमालाई प्रोत्साहनको आवश्यकता छ। तिनलाई जहिल्यै हिँडिरहनुहोस् भन्नु पर्छ। त्यसो हुँदा भोलि बिहान फेरि तिनलाई भेट्न पाइन्छ।
एकजना आमा हुनुहुन्छ ? जहिल्यै बोल्ने निहुका निम्ति उहाँ सोध्नुहुन्छ?– ‘बाबु कति बज्यो?’
‘बाबुलाई नदेखेको धेरै भयो नि?’ उहाँ सोध्नुहुन्छ, ‘यो बाटो हिँड्दा सोचिराखेको हुन्छु, बाबुलाई सन्चै त होला?’
आहा, कति हार्दिकताले भरिएको यो बाटो ? जहाँ अनगिन्ती मानिसले अरू पनि यो बाटो हिँडिरहून् भनेर सोच्छन्।
मान्छेको मात्र के कुरा बाटो हिँड्नेसँग यो चराचर जगत् सँगै हिँड्छ। बाटोमा भेटिने कुकुर र चराहरू पनि साथी हुन्छन्। कुकुर त झन् विशेषै हुन्छन्। बाटोमा एक्लै भेट्दा पनि ती सँगसँगै पुर्याउन हिँडिरहेका हुन्छन्। वास्तवमा प्रकृतिलाई आत्मसात गर्ने हो भने सबै आफ्ना हुन्छन्।
बाटो हिँड्दा अरूलाई पनि प्रेरणा हुन्छ। एक दिन अलि बढी गतिका साथ दौडिँदै गर्दा अर्का एक युवा पनि पछिपछि दौडिन थाले। उनले भने, ‘तपाईंलाई देखेर मलाई पनि प्रेरणा भयो।’
यथार्थमा यो यात्रा अरूका निम्ति पनि प्रेरक हो। पहिला पहिला लाग्थ्यो, म हिँडिरहेका बेला मेरो मुटु, फोक्सो र अन्य अंग कति खुसी भए होलान्। यो मान्छे साँच्चै सुध्रिएर अहिले हामीलाई ताजा हावातिर घुमाउन लगिरहेको छ भन्ने ठान्दा हुन्।
मन यसै पुलकित हुन्छ। करोडौं करोड पाइला अझै हिँड्नु छ। चरैवेति चरैवेति।
प्रकाशित: २७ जेष्ठ २०८० ००:४७ शनिबार