७ वैशाख २०८१ शुक्रबार
कला

सुनिल ग्रोवर कपिलको शोमा फर्किने

कपिल शर्मा र सुनिल ग्रोवरबीच सम्बन्ध फेरि स्थापित हुने देखिएको छ। सुनिलले एक ट्वीट गर्दै आफु कपिलसँगै कमेडी शोमा फर्किने बताएका छन्। उनले कपिलसँगको झगडा पश्चात् कपिलको साथ छोडेको भनिए तापनि अब सुटिङका लागि तयार भएको बताएका छन्।

सुनिल मात्र नभई कार्यक्रममा अन्य सदस्य चन्दन प्रभाकर अली असगर पनि कार्यक्रममा सहभागी हुने जानकारी टाइम्स अफ इन्डियाले दिएको छ। गत साता अष्ट्रेलियाबाट दिल्ली आउने क्रममा विमानमा भएको झगडाका कारण उनले सुटिङका लागि अस्वीकार गरेका थिए। सुनिल लगायत उनका अन्य टिमले पनि कपिलको अभद्र व्यहारका कारण उनीसँगको साथ छोडेका थिए।

कार्यक्रमा उनीहरुको कमीका कारण कपिलको कमेडी शो नै नचल्ने अवस्थामा पुगेको थियो।

प्रकाशित: १५ चैत्र २०७३ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App