६ वैशाख २०८१ बिहीबार
कला

कमेडियन स्टार कपिल शर्माले गरे विवाह


भारतीय कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती सार्वजनिक गरेका छन् । फेसबुकमा श्रीमती गिन्नी चतरथसँगको फोटो राख्दै उनले लेखेका छन्, ‘मेरी श्रीमती, जसलाई म दीपिका भन्दा पनि बढी माया गर्छु’ साथै सोही फोटो ट्वीटरमा राखी  ‘म उनलाई मेरो आधा जिन्दगी त भन्दिन तर उनले मलाई पुरा गर्छिन लभ यू गिन्नी’ भन्दै  ट्वीट गरेका छन् ।

 
३५ वर्षीय शर्माले सन् २०१४ को एउटा अन्तर्वार्तामा जालन्धर की भवनीत चतरथसँग लगन गाँठो गाँस्न चाहेको बताएका थिए । भवनीत र कपिलले कमेडी शो हंस बलिएमा एकै साथ काम गरेका थिए । उनै भवनीतलाई सबैले माया गरी गिन्नी भन्ने गरेका छन् । 


 

प्रकाशित: ५ चैत्र २०७३ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App