१५ चैत्र २०८० बिहीबार
कला

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

काठमाडौं– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने जनाएको छ।

प्रतिष्ठिनले लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागेको जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

‘विगत तीन वर्षदेखि हामी यो प्रतियोगिता गर्दै आईरहेका छौँ,’ उनले भने, ‘प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माको परिकल्पनामा सुरु भएको प्रतियोगिताको यो निरन्तरताको स्वरुप हो, हिजोका दिनमा जुन तरिकाले सभ्य र भव्य तरिकाले सम्पन्न भएको

थियो, यसपाली पनि विगतको भन्दा भव्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।’

प्रतियोगीतामा देशभरबाट ३० समुहको सहभागिता रहेने उनले बताए ।

यस अघिका प्रतियोगिता कुनै राजनीतिक दल वा सम्बन्धित मन्त्रीले उद्घाटन गर्ने गरेको भए पनि यसपालि फरक वर्गको प्रमुख आतिथ्त्यमा कार्यक्रमको उद्घाटन गरिनेसमेत उनले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार र सान्त्वना २५ हजार धनराशिसँगै ताम्रपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ। त्यसैगरी उत्कृष्ट गायक–गायिकालाई १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्ने र साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिए ।

 

प्रकाशित: ६ फाल्गुन २०७३ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App