१५ चैत्र २०८० बिहीबार
कला

अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को परे?

ला ला ल्यान्डको एक दृश्य

लस एन्जल्स – विश्वको प्रतिष्ठित अस्कार अवार्डको ८९ संस्करको मनोनयन सार्वजनिक भएको छ।  निर्देशक डेमियन चेजेल रोमान्टिक म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ यसवर्षको ओस्कार मनोनयनमा सर्वाधिक १४ विधामा मनोनयनमा परेको छ।

‘ला ला ल्यान्ड’ बेस्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री र पिक्चरसहितका विधामा परेको छ। यसअघि ‘टाइटानिक’ र ‘अल अबाउट इभ’ पनि १४ विधामा मनोननयमा परेका थिए।

‘अराइभल’ र ‘मुनलाईट’ मंगलबार सार्वजनिक भएको ओस्कारको आठ विधामा मनोनितमा परेको छ। यसवर्षको ८९ औं एकेडेमी अवार्ड आगामी फेब्रेवरी २६ मा लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहबीच अवार्ड वितरण हुनेछ। अवार्डको आयोजना मोसन पिक्चर्स आर्टस् एन्ड साइन्सले गर्ने कार्यक्रममा २४ विधामा अवार्ड दिइनेछ।

मनोनयनका विधा र मनोनित फिल्म

१. उत्कृष्ट फिल्म

‘ला ला ल्यान्ड’, ‘अराइभल’, ‘फेन्सिस’, ‘हेल अर हाइ वाटर’, ‘हिडन फिगर्स’, ‘मुनलाइट’, ‘लायन’, ‘म्यानचेस्टर बाइ सी’ तथा ‘ह्याक्स रिज’ ।

२. उत्कृष्ट निर्देशक

‘अराइभल’का डेनिस भिलेन्यु, ‘ह्याक्सा रिज’का मेल गिब्सन, ‘ला ला ल्यान्ड’का डेमियल चेजेल, ‘म्यान्चेस्टर बाइ सी’का केनेथ लोरेरगन र ‘मुनलाईट’का बेरी जैनकिङ।

३.उत्कृष्ट अभिनेता

‘म्यान्चेस्टर बाइ सी’बाट केसी एफलेक, ‘ह्याक्सा रिज’का एन्ड्रियु गारफिल्ड, ‘ला ला ल्यान्ड’का रेयाल गोस्लिग, ‘क्याप्टेन फेन्टास्टिक’का बिग्गो मोरटेसन र ‘फेन्सिस’बाट डेन्जेल वासिंग्टन।

४. उत्कृष्ट अभिनेत्री

‘एल्ले’बाट इजाबेल हुपर्ट, ‘लभिङ’बाट रुथ नेग्गा, ‘ज्याकी’बाट नेटाइल पोर्टम्यान, ‘लाला ल्यान्ड’बाट एम्मा स्टोन र ‘फ्लोरेन्स पोस्टर जेकिन्स’बाट मेरिल स्ट्रिप्स ।

५. उत्कृष्ट सह–अभिनेता

‘मुनलाईट’बाट महेर्शला अली, ‘हेल ओर हाइ वाटर’बाट ज्याफ ब्रिजेस, ‘म्यानचेस्टर बाइ द सी’ लुकास हेजेस, ‘लायन’बाट देव पटेल र ‘नोक्टर्नल एनीमल्स’ का लागि माइकल सेनान ।

६. उत्कृष्ट सह–अभिनेत्री

‘फेन्सेस’ बाट विओला डेविस, ‘म्यानचेस्टर बाइ द सी’बाट मिचेल विलियम्स,‘हिडन फिगर्स’ बाट अक्टेविया स्पेन्सर, ‘मुनलाईट’बाट नाओमी ह्यारिस र ‘लायन’ निकोल किडम्यान ।

७. उत्कृष्ट डकुमेन्ट्री

‘ओजेः मेड इन अमेरिक’, ‘थटिन्थ’,‘आइ एम नट युर निग्रो’, ‘फायर एट सि’ र ‘लाईफ,एनिमेटेड’।

८. उत्कृष्ट विदेशी फिल्म

‘टोनी इर्डमन’, ‘द सेल्स्म्यान’, ‘ल्यान्ड अफ माइन’, ‘अ म्यान कल्ड ओभी’, ‘तन्ना’ ।

९. उत्कृष्ट एनिमेटेड फिचर

‘जुटोपाई’, ‘क्युबो एन्ड टु स्ट्रिङ्स’, ‘मोएना’, ‘द रेड टर्टल’, ‘माइ लाईफ एज अ जुचिनी’ ।

१०. उत्कृष्ट ओरिजिनल गीत

‘मोएना’को ‘हाउ फर आइ एम गो’,‘ला ला ल्यान्ड’को ‘सिटी अफ स्टासर््’ र ‘अडिसन’ ,‘ट्रोल्स्’को ‘कान्ट्स स्टप द फिलिङ’ र ‘जिमःद जेम्स फोली स्टोरी’को ‘द इम्टी चियर’।

११. उत्कृष्ट सिनेमाटोग्राफर

‘मुनलाईट’बाट जेम्स् लेक्स्टन, ‘ला ला ल्यान्ड’बाट लिनस् स्यान्डग्रिन, ‘अराइभल’बाट ब्रेडफ्रोड योङ, ‘साइलेन्स’बाट रोड्रिगो प्रिस्टो र ‘लायन’बाट ग्रिज फ्रिस्टर।

प्रकाशित: १२ माघ २०७३ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App