२१ श्रावण २०७७ बुधबार
कला

पूर्व प्रधानमन्त्री केपी ओली फिल्म खेल्दै

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली फिल्ममा अभिनय गर्दैछन्। एमाले अध्यक्ष ओलीको जीवनीमा बन्न लागेको ‘रातो सूर्य’मा उनी स्वयः अभिनय गर्दैछन्।
निर्देशक दिपेन्द्र दाहालले निर्देशन गर्न लागेको ‘रातो सूर्य’ फिल्ममा मा एमाले अध्यक्ष ओलीको बाल्यकालदेखि हालसम्मको जीवनी देखाइने भएको छ।

‘पूर्वप्रधानमन्त्री ओलीको जीवनीमाथि फिल्म बनाउने तयारी गरेको झण्डै पाँच वर्ष भयो। फिल्ममा पूवप्रधानमन्त्रीको जीवनमा आएका उतावचढाव समेत देखाइनेछ,’निर्देशक दाहालले भने,‘उहाँको युवा अवस्थाको भूमिका अनुपम शर्माले निर्वाह गर्दैछन्।’

एकसाताबाट सुरु हुन लागेको फिल्मको सुटिङ राजधानीबाहेक झापा र मकवानपुर लगायत क्षेत्रमा हुँदैछ। ‘मेरो जीवनीमाथि बन्न लागेको फिल्ममा म आफैं देखिदैंछु। मेरोलागि यो नौलो अवसर हो,’पूर्वप्रधानमन्त्री ओलीले भने ।

प्रकाशित: २९ मंसिर २०७३ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App