coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

माअाेवादी केन्द्र परित्याग गरी रेखा थापा राप्रपा प्रवेश

अभिनेत्री राेखा थापालाइ स्वागत गर्दै राप्रपा अध्यक्ष कमल थापा। तस्बिर: राजाराम बर्ताैलाकाे ट्रविटरबाट

काठमाडौं– अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर  राप्रपा अध्यक्ष कमल थापाले पार्टी  प्रवेश गराए।

‘देश विकासकालागि मेरो र पार्टीको धारण मिलेपछि पार्टीमा लागेर योगदान दिन लागिपरेको छु। राजनीतिप्रति रुचि र क्रान्तिकारी स्वभावले गर्दा एकृीत माओवादी पार्टी र मेरो धारण मिलेको थियो। यसअघि जनताको लागि जुट्ने भनेको माओवादीले जनतालाई सम्बोधन गर्न सकेन्।, ‘अभिनेत्री थापाले भनिन्,‘अव औपचारिक रुपमा राप्रपा पार्टीमा रहेर राष्ट्र र राष्ट्रियताको लागि काम गर्नेछु।’

केहीवर्षअघि पेरिसडाँढास्थित माअाेवादी केन्द्रको पार्टी कार्यलयमा तत्कालीन एकीकृत माओवादी अध्यक्ष पुष्पकलम दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतले टिका लगाएर अभिनेत्री थापालाई पार्टीको सदस्यता दिएका थिए। माओवादी पाटी प्रवेशपछि उनी चलचित्र विकास बोर्डको अध्यक्ष दौरधूपमा लागेकी थिइन्।
‘पार्टीमा लागेपनि मेरो कलाकारिता यात्राले निरन्तरता पाउनेछ । अब कलाकारहरुको लागि आँट गरेर काम गर्न सक्ने भएको छु । मैले यो निर्णयलाई सकारात्मक रुपमा लिएको छु,’ उनले भनिन् । गायिका कोमल ओलीले यसअघि राप्रपा प्रवेश गरेकी घोषणा गरेकी थिइन्।

प्रकाशित: २७ मंसिर २०७३ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App