७ वैशाख २०८१ शुक्रबार
कला

नारी पात्रहरुको मर्मस्पर्शी कथा काजोल खातुन

काठमाडौं- लेखक तथा साहित्यकार फूलामन बलको नयाँ पुराना कथाहरुको संगालो काजोल खातुनमा सशस्त्र द्वन्द्वमा नारीपात्रले भागेका मर्मस्पर्शी कथा पाठकमाझ आएको छ। पुराना र नयाँ कथा सहित नयाँ अनुहारमा  शनिबार कथा संग्रह काजोल खातुनको बिमोचन भएर पाठक माझ आएको हो। कथा संग्रहको साहित्यकार तथा प्रा.डा.अभि सुवेदी, शारदा शर्मा, गुरुङ सुसान्त, कुमारी लामा र लेखक स्वयंले बिमोचन गरे।

 द्वन्द्वमा लडेका र मारमा परेका महिला पात्रहरुले त्यो शसस्त्र द्वन्द्व ठीक थियो वा थिएन भन्नेकुरा पाठकमाझ बहसको विषय बनाएको छ। बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा.अभि सुवेदीले द्वन्द्वको विषय कति समयपछि फिक्सन हुने भन्ने विषय समेत बहसमा ल्याएको उल्लेख गरे। 'लेखनीका हिसाबले कथा बुन्ने खुबी फूलमानले देखाएका छन्,' उनले भने ,'पात्रमा पनि केटी केटीका पीडालाई पुरुषसँगको सम्बन्धका विभिन्न आयामसँग जोडिएका छन।' द्वन्द्व धेरै पत्रबाट लेखन सकिने विषय भएपनि काजोल खातुन एउटा पाटोको विश्लेषण भएको उनले बताए।

लेखक गुरुङ सुसान्तले भने द्वन्द्वको एउटामात्र पाटो कथामा भएकाले एकतर्फी रहेको टिप्पणी गरे। 'आफ्नै विशिष्टता सहित साहित्य पनि राजनीति हो ',उनले लेखकतिर इंगित गरे, 'साहित्यीक प्याससँगै राजनीतिक तुष्टी पनि लेखकले मेटेका छन्।'

उनले सांस्कृतीक रुपमा तामाङ समुदायको विश्लेषण गरिएपनि उनीहरुका कमजोरीको वेवास्ता कथा संग्रहमा गरिएको उनले औंल्याए।

साहित्य र पत्रकारिताका आचरण फरक भएपनि लेखनीका हिसाबले फूलमानले कथा संग्रह साहित्यीक कृति बन्न सकेको आसय साहित्यकार शारदा शर्माले व्यक्त गरिन्। 'पत्रकारसँग रहेका धेरै कच्चा सामाग्रीहरु लेखनीका लागि हुन्छन् ,'शर्माले कथा संग्रहका बारेमा भनिन् ,'त्यसलाई ढाल्ने सरल भाषा र सटिक प्रस्तुतीले कथा संग्रह आख्यान बन्न लायक छ।' शसस्त्र द्वन्द्वपछि शान्ति प्रकृयासँगै मुलुक अझै त्यसकै तरलतामा छ। यो बेलामा लेखिएको कथा संग्रह भावी पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज हुने दाबी लेखक कुमारीले गरि्न। कथाहरुले क्रान्ति एउटा क्रुरताको प्रतिक हो जसले आफ्नैबिच युद्ध गराएर रक्तपात गराउँछ उनले औंल्याईन् युद्ध र यसपछाडीका पाटाहरु काजोल खातुनमा देख्न पाईन्छ। हरेक नेपालीले भोगी आएको द्वन्द्वको पीडाको कथा भएकाले यो द्वन्द्व चिहाउने एउटा आँखिझ्याल मात्र भएको कथाकार फूलमान बलले बताए। 'सकेसम्म कसैलाई पक्षपात नगरि लेख्ने कोशिश गरेको हुँ ,उनले संग्रहका बारेमा प्रष्ट्याए,' तर द्वन्द्वमा अपनाईने तरिकासँगका असन्तुष्टी कथामा भेटिन्छन्।' द्वन्द्वका एजेण्डा कतिपय सही भएपनि त्यसलाई पुरा गर्न अपनाईएका तरिकाले आमा मानिसमा नकारात्मकता भरिदिएको उनले उल्लेख गरे।

कथा संग्रहमा पेमासाङ थिङ,काजोल खातुन,कम्यूनिष्ट केटी,फूलमायाको देश लगायत तेह्रकथाहरु द्वन्द्वका घटनासँग जोडेर बुनिएका छन्। धेरै कथाहरु पढ्ने सुन्नेले आफ्नै कथा हो कि भन्ने मान पाउने लेखकले दाबी गरे। कविताबाट चर्चा कर्माका लेखकको यसअघि उनको कथा संग्रह २०६१ सालमा आएको थियो। बुकहिल प्रकाशनले बजारमा ल्याएको कथा संग्रहको पाठक मूल्य तीनसय रुपैयाँ रहेको छ।

प्रकाशित: १९ मंसिर २०७३ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App