१५ चैत्र २०८० बिहीबार
कला

चिनियाँ टोलीको स्वागतमा नृत्य

काठमाडौं- नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल प्रहरी सांस्कृतिक समूहको सहयोगमा चिनियाँ प्राध्यापक टोलीको स्वागतार्थ बिहीबार एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो। बेइजिङ डान्स एकेडेमीका उपाध्यक्ष तेङ युलिङको नेतृृत्वमा त्यस एकेडमीका प्रोफेसर कावोदु, प्राध्यापकहरु याङ जिङ र च्याङयुन अहिले काठमाडौंमा छन्। उनीहरुकै स्वागतमा काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको मञ्चमा कार्यक्रम गरिएको हो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको सभापतित्वमा सम्पन्न 'नेपाली परम्परागत तथा लोक नृत्यहरुको प्रस्तुति' नामक कार्यक्रममा गुरुङ जातिको परम्परागत घाटु नृत्य, लिम्बु जातिको च्याब्रुङ नृत्य, मञ्जुश्री नृत्य  प्रस्तुत गरिएको थियो। त्यसैगरी मैथिली झिझिया नृत्य, सुदूरपश्चिमको हुड्केली नृत्य र तामाङ सेलो नृत्यसमेत प्रस्तुत गरिएको थियो।

नेपाल र चीनबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेकोले यस्तो कार्यक्रमको महŒव रहेको बताए। उनले प्रतिष्ठान यस्ता विभिन्न अन्तर्राष्ट्रिय एकेडेमीसँग सांस्कृतिक आदानप्रदान एवम् सहकार्य गर्न चाहेको पनि अवगत गराए। साथै उनले कार्यक्रम संयोजन गरेका प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाप्रति आभार व्यक्त गरे।

बेइजिङ डान्स एकेडेमीका उपाध्यक्ष तेङ युलिङले भविष्यमा नेपालको संगीतनाट्य प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको प्रष्ट पारे। प्राज्ञ सदस्य माधव प्रधानले सञ्चालन गरेको कार्यक्रममा सदस्यसचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्य उन्नती बोहरा शीला, उदय श्रेष्ठ, पवित्रा घर्ती, प्राज्ञसभा सदस्य पूर्ण नेपाली र अशोक राई  तथा प्रहरी अतिरिक्त महानिरीक्षक रमेशशेखर बज्राचार्य र प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ मंसिर २०७३ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App