६ वैशाख २०८१ बिहीबार
कला

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

मुम्बई–भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ। केन्द्रीय गृहमन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारलाई दिइएको भिसाा रद्द गर्ने प्रस्ताव कतैबाट पनि आएको छैन। तर केही सयम अगाडि महाराष्ट्र नवनिर्माण सेनाले फवाद खान र माहिरा खानलगायत पाकिस्तानी कलाकारलाई  तत्काल भारत छोड्न चेतावनी दिएको थियो।

उरीमा १८ सेप्टेम्बर भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ। उरी आक्रमणमा १९ भारतीय सैनिकको मृत्यु भएको थियो।  उरी आक्रमणपछि पाकिस्तानी कलाकारलाई भारत छोड्न सरकारले निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो।  

 

प्रकाशित: ३० आश्विन २०७३ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App