७ वैशाख २०८१ शुक्रबार
कला

तीन आध्यात्मिक पुस्तक बजारमा

काठमाडौं- अध्यात्म समेटेर अनुसन्धानकर्ता कुलराज पौडेलले 'सार्वभौम अध्यात्म', 'सार्वभौम युगको विश्व विधान' र 'सार्वभौम विज्ञान' गरी तीन पुस्तक बजारमा ल्याएका छन्।

मानिस भौतिकवादतर्फ आकर्षित भैरहेका बेला अध्यात्मबारे जानकारी दिने पुस्तक बजारमा ल्याएको पौडेल उल्लेख गर्छन्। धार्मिक तथा अध्यात्मसँग सम्बद्ध महामण्डलेश्वर कुमारानन्द र स्वामी आनन्द अरूणले तीन कृतिको लोकार्पण भएको थियो। ब्रम्हर्षि कुमारले यी पुस्तक अलौकिक गीताका सारजस्तै रहेको बताए।

'सार्वभौम अध्यात्म'मा ईश्वरलाई वैज्ञानिक आधारमा व्याख्या गरिएको छ। ईश्वरका वचन, व्यक्तित्व विकास, जीवन सशक्तीकरण, दुःखमोचन, पुण्य, ध्यान, साधना र मोक्षसम्बन्धी ईश्वरीय ज्ञानको समग्र व्याख्या गरिएकाले अध्यात्ममा रुझान भएकालाई पुस्तक उपयोगी हुने जनाइएको छ।

यी ज्ञान कुनै पनि धर्म, सम्प्रदाय, वाद र पक्षसँग सम्बन्धित नभएको दाबी प्रकाशकले गरेका छन्। 'सार्वभौम युगको विश्व विधान'मा विश्व व्यवस्थापनका सैद्धान्तिक पक्ष, सार्वभौम युग निर्माणका ज्ञानमय पक्ष, विश्व सरकार गठनका सिद्धान्तलगायत सार्वभौम विश्वको नेतृत्व सिद्धान्तबारे प्रष्ट्याइएको छ।

'सार्वभौम विज्ञान'मा भने ब्रह्माण्ड, मानव मस्तिष्क, पृथ्वी, प्रकृति, शक्तिलगायत ज्ञानवर्द्धक खुराक छन्। एमके पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्सले तीनवटै पुस्तक प्रकाशन गरेको हो।

प्रकाशित: ४ आश्विन २०७३ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App