coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘पठान’ हिट भएपनि किन रोइन् दीपिका ?

शाहरुख खान र दिपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले भारतीय बक्स अफिसमा धमाका  मच्चाउँदै छ।

फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ। रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाई गरिरहेको छ।

फिल्मको राम्रो सफलतापछि अभिनेत्री दीपिका भने रोएकी छिन्। फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनी रोएकी हुन्। कार्यक्रममा उनले सम्पूर्ण फ्यानलाई धन्यवाद दिँदै फिल्म सफलताले अभिनेत्रीलाई फाइदा हुने बताइन्।

दीपिकाको ५ वर्षपछि फिल्म हिट भएको हो। यस अगाडि उनको ‘पद्यावत’ हिट भएको थियो।

यता फिल्ममा अभिनेता शाहरुख खानको पनि चर्चा उतिकै छ। फिल्म गत २५ जनवरीमा रिलिज भएको हो।

हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बनेको छ पठान सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ: च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन।

प्रकाशित: २० माघ २०७९ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App