८ वैशाख २०८१ शनिबार
कला

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

काठमाडौं – नेपाली फिल्म ‘ह्वाइट सन’ विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा प्रिमियर गरिएको छ । दीपक रौनियारद्वारा निर्देशित फिल्म मंगबार इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ७३ औं संस्करणमा प्रिमियर गरिएको थियो।

गतवर्ष भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा सहभागि नेपाली फिल्म ‘कालो पोथी’ ले ‘इन्टरनेसनल क्रिटिक्स विक’ जितेको थियो । निर्देशक दीपक रौनियार, छिरिङरितार शेर्पा, दयाहाङ राई र आशा मगराती लगायत ‘ह्वाइट सन’को टोली प्रिमियर शोमा सहभागि भएका थिए। माओवादी द्धन्द्धमा हिमाली परिवेशको ग्रामीण कथालाई ‘ह्वाइट सन’मा समेटिएको छ। ‘ह्वाइट सन’ फिल्मलाई दीपक रौनियार र डेविट वाल्करले संयुक्त रुपमा लेखेको हुन्। फिल्मलाई आइरिस क्यानेडियन मार्कको छायांकन, डेविट बाल्कर र एलेजाबेथ रावले सम्पादन गरेका छन्।

अभिनेता दयाहाङ राई,आशा मगराती, रविन्द्रसिंह बाँनिया, सुमी मल्ल,अमृत परियार,प्रमोद अग्रहरी, दीपक क्षेत्री र देशभक्त खनाललगायतले फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: २२ भाद्र २०७३ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App