पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा अहिले नाटक ‘देउराली डाँडी’ मञ्चन भइरहेको छ । २९ पुसदेखि सुरु भएको नाटकको लेखन रङ्गकर्मी सहलेशबाट तथा निर्देशन अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जद्वारा भएको हो । नाटक ‘देउराली डाँडी’ एउटा गाउँको कथा हो । धेरै वर्षअगाडि फैलिएको महामारीले गर्दा गाउँका सबै पुरुषहरू परदेसिएका हुन्छन् ।
बाँझो खेत, उजाडिएको देउराली, भत्किँदै गएको गाउँको परिवेशमा महिलाहरूले गर्ने सङ्घर्षलाई नाटकमा देख्न सकिन्छ । गाउँमा देखिएको पुराना महामारीको लक्षण, सङ्घर्ष, महिलाहरूले घाटु नाचको सन्दर्भ, देवीहरूमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथा नै देउराली डाँडीको विषयसन्दर्भ हो ।
एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल युएसइएफले प्रस्तुत गरेको नाटकमा दीया मास्के, पशुपति राई, मेनुका प्रधानका साथै बिनिता थापा मगर, रन्जना भट्टराई र सरस्वती चौधरीलगायत महिला कलाकारको भूमिका रहेको छ ।
प्रकाशित: ७ माघ २०७९ ०४:०४ शनिबार