coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, नवलपुरको भने कायमै

बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिइएको हो।

नागरिक न्युजलाई तनहुँ जिल्ला अदालतका श्रेष्ठेदार मिन बहादुर कुवरले शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको बताए। उनले भने, ‘यहाँबाट छुट्ने भने पनि छुटि हाल्ने भन्ने छैन। यहाँको मुद्धाकाे फैसलाको चिठि भाेलि कारागारमा  सफाइ पायो भनेर पठाइने छ। तनहुँको मुद्धामा सफाइ दिएको छ। अन्य मुद्धाको के छ थाहा छैन अब सोधने कुरा पनि भएन।’  

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

नवलपुर जिल्ला अदालतको सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार तनहुँ जिल्ला अदालतले सफाइ दिएपनि नवलपुर जिल्ला अदालतको कायमै रहने बताए।

उनले भने, ‘हामिले उच्च अदालतलाई पुनरावेदनका लागि पठाएका छौँ अब त्यहाँबाट सफाइ दियो भने उहाँ रिहाइ हुनुहुन्छ दिएन भने जिल्लाकै कायम गर्ने भनेर फैसला भयो भने जिल्लाकै फैसला कायम हुन्छ।’  

उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो। आज तनहुँमा परेको मुद्दाको भने पल शाहले सफाइ पाएका हुन्। तर नवलपुर जिल्ला अदालतको भने कायमै रहने छ। उनलाई गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश दिएकाे थियो।

२०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको थियो। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो।

नबालगिकले जबरजस्तीकरणीमा तनहुँ प्रहरीमा जाहेरी दिएपछि अभियुक्त शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनुहुँले १० चैतमा र जिल्ला अदालत नवलपरासी (पूर्व) ले २३ चैतमा पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो। त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

यसबीचमा पीडितले बयान फेरेकी थिइन्। उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन्। उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए।  

प्रकाशित: ३ माघ २०७९ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App