१५ चैत्र २०८० बिहीबार
कला

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौ– विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो। चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ। प्रायः सबै नयाँ कलाकारलाई समेटिएको चलचित्रमा अभिनेता राजेश हमालको छुट्टै किसिमको अभिनय रहेको बताइएको छ।

यसमा अभिषेक सुवेदी र जीवन अधिकारीको मुख्य भूमिका रहेको छ। झन्डै रु एक करोड लगानी चलचित्र निर्माण गरिएको निर्माण पक्षकाे दाबी छ। नवीन अवालको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका निर्माता सबै नयाँ अनुहारका छन् जसमा ऋषब आचार्य, सञ्जीव न्यौपाने, दीपेन बस्नेत र सन्तोष लामिछाने रहेका छन्।

कार्यक्रममा पूर्वसूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले देशमा विद्युत् कटौतीका समस्या रहेका बेला वैकल्पिक ऊर्जाको खोजी गर्दै चलचित्र बन्नु सकारात्मक सङ्केत रहेको बताए।

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पछिल्लो केही समयदेखि नेपाली चलचित्रले बाटो फेरेको बताउँदै नयाँ कथा र नयाँ प्रयोगसहित बनेको उक्त चलचित्रले युवालाई थप ऊर्जा दिने आशा व्यक्त गरे।  वैकल्पिक ऊर्जाको खोजी नै मुख्य विषयवस्तु भएको र यसमा स्वस्थ मनोरञ्जनसमेत समेटिएको चलचित्रका निर्देशक अवालले बताए। उनले आफ्नो चलचित्र हेरेपछि नेपाली युवाले स्वदेशमै केही गर्ने जाँगर चलाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली चलचित्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर, धावक सञ्जय पण्डितलगायतलाई सम्मान गरिएको थियो। रासस

भिडियाे

प्रकाशित: २६ श्रावण २०७३ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App